Monday, January 17, 2011

गजुरी गाविसको १४ औ परिषद सम्पन्न

गजुरी /गजुरी  गाउं विकास समितिको १४ औं गाउं परिषद आईतवार सम्पन्न भएको छ । गजुरी गाविसका सचिव तिर्थबहादुर दुवाडीको अध्यक्षतामा भएको गाउं परिषदले चालु आर्थिक बर्षका लागि ९३  लाख ६१ हजार ८ सय ७६ रुपैयाका  अनुमानित वजेट पारित गर्नुका साथै गत आर्थिक बर्षको आम्दानी दुई करोड १५ लाख ८० हजार ९ सय २७ रुपैयाको  वजेट अनुमोदन गरेको छ । 
 गत आर्थिक बर्षमा गाविसले दुई करोड १५ लाख ८० हजार ९ सय २७ रुपैया आम्दानी गरेपनि एक करोड ४३ लाख ५८ हजार एक सय ५५ रुपैया खर्च भएको परिषदमा जानकारी गराईएको थियो । गाउं परिषदबाट पारित वजेट मध्ये चालु आर्थिक बर्षका लागि सामाजिक सुरक्षा २५ लाख ग्रामीण सडक निर्माण तथा मर्मत १७ लाख शिक्षा तथा खेलकुद १७ लाख कृषि तथा ंिसंचाईका लागि एलजिसिडिपी मार्फत २ लाख ७० हजार र स्वास्थ्य तथा सुलभ शौचालयका लागि एक लाख ८९ हजार २० रपैया लक्षित बर्ग  ३ लाख ८४ हजार ९ सय १५ रुपैया र संचालन खर्च सात लाख १३ हजार एक सय १० रुपैया विनीयोजन गरिएको छ । यसै गरी परिषदले बिद्युत्तीकरण र उर्जा तीन लाख र अन्य बिषयगत शिर्षकहरुमा वजेट विनीयोजन गरेको छ । परिषदमा एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य तारा भण्डारी स्थानीय प्रतिनिधी ज्वारीलाल पाठक र राजेन्द्र कंडेल नेपाली कांग्रेसका गोपीलाल श्रेष्ठ ,नेकपा एमालेका शुक्ल उप्रेती ,नेकपा मालेका तीर्थ सिलवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद पाठक लगायतको आतिथ्य रहेको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc