किरान्चोक /केन्द्रिय प्रशारण लाइनबाट बिद्युत्तिकरण हुनका लागि अझै निकै बर्ष कुर्नुपर्ने भएपछि किरान्चोक गाउं विकास समितिको वडा नम्वर ६ को सत्र घर परिवारले आफ्नै सकि्रयतामा गाउंमा बिद्युत्त उत्पादन गरी गाउंलाई झिलिमिलि बनाएका छन ।
मंसिर १७ गते देखि शुरु गरिएको पेटारे बिद्युत्तिकरण कार्यक्रम अन्र्तगत पेटारे घट्टेखोलाचुनिखोप र पानीघट्ट टोलका सत्र घर परिवारले प्रंत्येक घर वाट १२/१२ हजारका दरले रकम संकलन गरी गाउं नजिकैको खोलामा डायनामा जडान गरी गाउंमा बिद्युत्त उत्पादन शुरु गरेका हुन । उत्पादित विजुली समुदायको चाहना अनुसार हरेक दिन बेलुकी ६ वजे देखि भोलिपल्ट विहान ६ वजे सम्म वितरण गर्ने गरिएको वताईएको छ । गाउंमा बिद्युत्तिकरण गरिदिन जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायसंग अनुरोध गर्दा विकटको बस्ति भएका कारण कसैले पनि सहयोगका लागि चासो नदिएपछि आंफुहरुले ऋण खोजेर लगानी गरेको र गाउंमा विजुली वालेरै छाडेको गाउंवासीले वताएका छन । गाउंवासीको निरन्तर प्रयासकाट पांच दिन अघिदेखि गाउंमा नियमित विजुली बल्न थालेपछि खुसी भएका गाउवासीले हिजो दिनभर नाचगान र भोजभतेर गरेर खुसीयाली मनाएको बिद्युत्तिकरण अभियानका अगुवा रकमवहादुर तामाङले जानकारी दिनुभयो ।



No comments:
Post a Comment