Wednesday, January 19, 2011

वातावरण संरक्षण बिषयक कविता प्रतियोगिता

साङकोष / नेपाल बिद्यार्थी संघ मनरुपी माध्यमिक बिद्यालय इकाई समितिको आयोजनामा साङकोष गाउं विकास समितिको मनरुपी माध्यमिक बिद्यालयमा वातावरण संरक्षण बिषयक कविता प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल बिद्यार्थी संघ मनरुपी माध्यमिक बिद्यालय इकाई समितिका अध्यक्ष शुशिला तिवारीको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथी नेपाल कांग्रेसका  क्षेत्रीय प्रतिनिधी रेशम गुरुङ रहनुभएको थियो । कार्यक्रममा नेपाल बिद्यार्थी संघ धादिङका उपाध्यक्ष विकास श्रेष्ठ ,जिल्ला सदस्य शिवहरी अधिकारी, नीलकण्ठ क्याम्पसका स्ववियु सभापती राजु गुरुङ , क्षेत्रीय सचिव दिवाकर अर्याल, बिद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद रिजालको आतिथ्य रहेको थियो ।  प्रतियोगितामा १५ जनाले भाग लिएकोमा  नेत्रवहादु गुरुङ प्रथम दिवबहादुर गुरुङ दोश्रो र सुजाता गुरुङ तेश्रो भएका थिए । प्रतियोगिताका विजयी सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथीले प्रमाण पत्र र पुरस्कार प्रदान गर्नुभएको साङकोष बाट लक्ष्मी सापकोटाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc