Saturday, January 1, 2011

संघियता चांहिदैन देश टुक्र्याउन पाँइदैन

धादिङबेसी/ संघियताको बिरोधमा आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा शुरु गरेको राष्ट्रिय जनअभियान अन्र्तगत शनिवार  धादिङबेसीमा अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा धादिङका अध्यक्ष रामजी लम्सालको अध्यक्षतामा भएको अन्तरकि्रया कार्यक्रममा गणतन्त्रको सुदृढिकरणराष्ट्रियताको रक्षा तथा संघियताको बिरुद्धका वारेमा राष्ट्रिय जनमोर्चा बागमती क्षेत्रिय समितिका अध्यक्ष गोबिन्दिसंह थापाले अवधारणा पत्र राख्नुभएका थियो । थापाले प्रस्तुत गरेको  अवधारणा पत्रमा केन्द्रित रहंदै  सहभागिहरुले संघीयताले देश टुक्रयाउने र राष्ट्रियता समाप्त भई नेपालीको पहिचान मेटिने चिन्ता व्यक्त गरेका थिए ।
 कार्यक्रममा  अध्यक्ष थापाले अवधारणा पत्र प्रस्तुत गर्दै संघीयताको अवधारणा नेपाली जनताको चाहनाले आएको नभई बिदेशीको इशारामा आएको हुनाले नेपाली जनताले संघीयतालाई अस्विकार गरेरै छाडने वताएका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस धादिङका  सभापती एवम पुर्व विधायक रामनाथ अधिकारी, नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी,  अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य मंगलिसंह तामाङ ,धादिङ जिल्ला विकास समितिका पुर्व सभापती खेम लोहनीले जातियताको आधारमा मुलुकलाई संंिघय राज्य घोषणा गर्दा मुलुकमा जातिय द्धन्द्ध शुरु भई मुलुक संकटमा फस्ने वताएका थिए  । यसै गरी राष्ट्रिय जनशक्ती पार्टीका जिल्ला सचिव नन्दप्रसाद कापं्री राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम बर्मा  ,पत्रकार केशव अधिकारीले पनि संघियतामा जाँंदा मुलुकले भोग्नुपर्ने पिडाका बारेमा आ-आफ्नो धारणा राख्खेका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc