Saturday, January 1, 2011

लागु औषध बिरुद्ध युवाहरुलाई तालिम

किरान्चोक/ गाउंबस्तिलाई कुलत तथा लागु औषध मुक्त क्षेत्र घोषणा गर्ने उद्धेश्यले दिगो समुह नेपालको आयोजना तथा नेपाल सरकार गृहमन्त्रालय लागु औषध नियन्त्रण कार्यक्रमको सहयोगमा किरान्चोक गाउं विकास समितिमा लागु औषध दुव्यस्रन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको  छ ।
किरान्च्ााेक उच्च माध्यमिक बिद्यालय पर्वाङमा संचालित दुई दिने तालिम दिगो समुह नेपालका अध्यक्ष खिलानाथ लुईटेलको अध्यक्षतामा सम्पन्न  भएको हो ।
तालिममा भिडेक नेपालका अध्यक्ष अधिबक्ता रामकृष्ण अधिकारी ,शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता अर्जुन न्यौपाने लगायतले युवाहरुलाई लागु औषध दुव्र्यसनको असरका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । गोष्ठिका सहभागिहरुलाई दिगो समुहका अध्यक्ष खिलनाथ लुईटेलले प्रमाण पत्र वितरण गरेकाथिए । गोष्ठिका सहभागिहरुले किरान्चोक गाविसलाई्र कुलत तथा लागु औषध मुक्त क्षेत्र घोषणा गर्न अभियान संचालन गर्ने उद्धेश्यले दिगो समुह किरान्चोकको गठन गरेका छन । किशोर अधिकारीको अध्यक्षतामा गठन गरिएको समिति ११ सदस्यिय रहेको छ । समितिको उपाध्यक्षमा श्रृजन आले, सचिवमा कल्याण अधिकारी, सह सचिवमा सन्तोष घिमिरे र कोषाध्यक्षमा अन्जना ढुङगाना रहेका छन ।

No comments:

Post a Comment

vfhcnbn

vggc