धादिङ /जिल्ल्ाा सदरमुकाम धादिङबेसीमा मुख्य कार्यालय रहने गरी विभिन्न व्यवसायिक कार्य संचालन गर्ने उद्धेश्यका साथ तिरिमिरी बचत तथा ऋण सहकारी संस्थाको दर्ता गरिएको छ ।
डिभिजन सहकारी कार्यालय धादिङमा बिहिबार दर्ता भएको तिरिमिरि बचत तथा ऋण सहकारी संस्थाको चालु पुंजि करिब एक करोड रहेको छ । शेयर सदस्यहरुका बिचमा बचत तथा ऋणको कारोवार गर्नुका साथै शेयर सदस्यहरुको सहभागितामा व्यवसायिक कार्यहरु संचालन गर्ने लक्ष्य रहेको सहकारी संस्थाको अध्यक्षमा लोकनाथ डल्लाकोटी.उपाध्यक्षमा हरीराम लोहनी.महासचिवमा सुमन श्रेष्ठ.सचिवमा केशव अधिकारी र कोषाध्यक्षमा प्रकाश भट्ट रहेका छन ।संस्थामा हाल २५ जना शेयर सदस्य रहेका छन ।



No comments:
Post a Comment