Saturday, February 12, 2011

निगाले खोला हाईड्रोपावर साचालनमा

भुमेस्थान/धादिङको भुमेस्थान गाउँ विकास समितीको  वडा नम्बर ।ं१ निगालेमा निगालेखोला हाईड्रोपावर साचालनमा आएको छ । २०६४ सालबाट निमार्ण कार्य सुरुभएको हाईड्रोपावर कुल ४२ लाखको लागतमा निर्माण कार्य सम्पन्न भई गाउंमा बिजुली बल्न थालेको हो । बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको ११ लाख ८७ हजार ५ सय भैरव देवी सामुदायिक वन उपभोक्ता समितीको ५ लाख र जिल्ला विकास समिती धादिङ तथा गाउँ विकास समितीको कार्यलय भूमेस्थानको सहयोगमा हाईड्रोपावरको निमार्ण कार्य सम्पन्न भएुको हो ।       राष्ट्रिय प्रसारणको विद्युत लाइन गाउमा ल्याउन पटक पटक पहल गरिएपनि सम्भव नभएपछि बैकल्पिक उर्जाको खोजिमा लागेका गाउंबासीले  स्थानीय  स्रोत र साधनको प्रयोग गरी गाउमा विजुली उत्पादन गरेका हुन ।  साचालन गरीएको कुल ९।५ किलो वाट क्षमता रहेको हाईड्रोपावर बाट स्थानीय ८५ घरधुरी लाभान्वित भएको  हाईड्रोपावर साचालक समितीका अध्यक्ष माधव प्रसाद पराजुलीले बताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc