Saturday, February 12, 2011

धादिङबाट रेडियो राजमार्ग प्रशारण हुने

महादेबबेसी/ धादिङ जिल्लाको राजमार्ग क्षेत्रलाई आधार बनाई  रेडियो राजमार्ग  संचालनमा ल्याइने भएको छ । जिल्लामा सचार संस्थाका रुपमा स्थापना भएको राजमार्ग सामुदायिक संचार केन्द्रले धादिङको गोगनपानी गाविसको वडा नम्बर ४ धिरपानीमा स्टेशन राखी ९२ं।१ मेघाहर्जमा रेडियो राजमार्ग संचालनमा ल्याउन लागेको हो । निकट भविष्यमै संचालनमा आउने रेडियो राजमार्गले देशका ६७ जिल्लालाई राजधानी जोडने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका साथै देशका प्रमुख राजमार्गको खबर र राजमार्ग क्षेत्रका जनसरोकारका बिषयबस्तु घटना दुर्घटनाका समाचार सडक सुरक्षाको अवस्थाका साथै अन्य राजमार्ग संग सम्वन्धित चेतनामुलक एवम मनोरन्जनात्मक कार्यक्रमलाई रेडियो राजमार्गले बिशेष प्राथमिकता दिने संचार केन्द्रका अध्यक्ष नारायणचन्द्र सुवेदीले वताउनुभएको छ । रेडियो राजमार्ग समेत गरी धादिङ जिल्ल्ाामा दर्ता हुने सामुदायिक रेडियोको संख्या सात पुगेको छ । यस अघि जिल्लामा दर्ता भएका मध्ये रेडियो धादिङ,रेडियो लोकतन्त्र,रेडियो बिहानी र कृषि एफ एम संचालनमा रहेका छन भने रेडियो त्रिशुली र रेडियो कृषिको प्रशारण नियमित हुन सकेको छैन ।

No comments:

Post a Comment

vfhcnbn

vggc