गोकर्ण दुवाडी
धादिङ/ जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको त्रिशुली नदिलाई ढुङ्गा बालुवा निकाल्न भागबण्डा गरी प्रयोग गरिएकोु सरोकारवालाहरुले वताएका छन । सिमित ठेकेदार र व्यवसाायिहरुले राजनैतिक दल र प्रशासनको आडमा अबैध रुपमा नदि भागबण्डा गरी अकुत सम्पत्ती कमाइरहेको बिहिबार धादिङवेसीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले आरोप लगाएका छन । त्रिशुली बचाउ साझा साजालको आयोजनामा त्रिशुली नदिको वर्तमान अवस्थाबारेमा छलफल गर्न आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै सहभागीहरुले नदिमा दर्जनौं डोजर र एक्साभेटरको प्रयोग गरी मापदण्ड विपरित ढुङ्गा बालुवा निकाल्ने कार्य तत्काल रोक्नुपर्ने कुरामा जोड दिएका छन । पृश्वीराजमार्ग आसपासमा अबैधानिक रुपमा नदिको पानी तानेर ९१ वटा फिरफिरे बालुवा धुने मेशिन साचालनमा रहेको र त्यसले अत्याधिक मात्रामा नदि प्रदुषण गरेको कार्यक्रममा बताइएको थियो । राजमार्ग आसपास बैधानिक रुपमा बालुवा खानी ४ वटा बालुवा तथा क्रसर उद्योग २ वटा र क्रसर उद्योगमात्र साचालन गर्न ३५ वटा उद्योगले मात्र अनुमती पाएको भएपनि अवैध रुपमा अन्य दर्जनौ उद्योगहरु साचालन भैरहेको संजालका संयोजक उत्तमराज कंडेल वताउंनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालयमा विसं २०६६ साल पौष ८ गते बसेको सर्वपक्षिय बैठकले सडक किनारबाट २५ मिटर भित्र रहेका फिरफिरे हटाउने निर्णय गरेको भएपनि सो निर्णय हालसम्म कार्यान्वयन हुन नसकेको संजालले जनाएको छ । त्यसैगरी जिल्ला विकास समिति धादिङले उक बर्ष अघि त्रिशुली नदिलाई प्रभावपार्ने ८ स्थानमा प्रारम्भिक वातावरणिय परिक्षण गरेको भएपनि सो कुरा हाल सम्म सार्वजनिक नगरेको संजालका सदस्य लक्ष्क्षण शर्माले वताए । नदिमा पुल भएको ठाउँभन्दा ७ सय मिटर माथिबाट मात्र बालुवा निकाल्न पाउने जिल्ला विकास समतिमा सर्बदलिय निर्णय गरिएको भएपनि सो को कार्यान्वयन समेत नभएको शर्माले वताए । यसै गरी राजमार्ग आसपास नदि किनारमा कानुन बिपरित बनेका घरटहराहरुबाट ढल तथा शौचालय सिदै नदिमा मिसाइने गरेकाले आगामी २५/३० वर्षमा त्रिशुली नदिको हालत बागमती र त्रिशुली नदी सरह हुनसक्ने पत्रकार देवप्रकाश त्रिपाठीले कार्यक्रममा वताउनुभयो । जिविस प्रशासन र राजनीतिक दलले अबैध काम रोक्न नसकेको सर्वसाधारणको गुनासो रहेको छ । बनलाई सामुदायिकिकरण गरे जस्तै नदिलाई पनि सामुदायिक नदि बनाउने अवधारणा ल्याउनु पर्ने सर्वसाधारणको सुझाव थियो । नदि भनेको मानवको प्राण हो र यसको संरक्षण गर्ने सके पर्यटकिय र पर्यावरणिय हिसाबले धादिङले ठूलो आम्दानी लिन सक्ने बताइएको छ । जिविसले ढुङ्गा तथा बालुवा खानीबाट कर संकलन गरी तत्काल आम्दानी गरेको भएपनि भविस्यमा यसबाट ठूलो घाटा हुने सहभागीहरुको जिकिर थियो ।
नेपालमा साहसिक जलयात्रा र् याफ्टिङ का लागि १६ वटा नदिहरु रहेको र त्यसमध्ये पनि त्रिशुली नदि बहाव तथा भौगोलिक हिसावले विश्वकै उत्कृष्ट रहेको पर्यटन व्यवशायि नारायणकाजि थापाको धारणा छ । पर्यटन वर्ष सन् २०११ को स्मरण गर्दै थापाले धादिङमा पर्यटन व्यवशायको मेरुदण्ड नै त्रिशुली नदि रहेको बताउनुभयो । जिल्लामा अबैध रुपमा ढुङ्गाखानी साचालन भैरहेको थाहा भएर पनि जिल्ला विकास समितिले रोक्न नसकेको कार्यक्रममा उपस्थित जिविसका प्रतिनिधीले बताएका छन् । कार्यक्रममा जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु नायव प्रहरी उपरिक्षक बसन्त कुँवर राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु पर्यटन व्यवशायिहरु जिल्लाका अन्य सरोकारवालाहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
त्रिशुली बचाउनको लागि नुवाकोट रसुवा गोरखा चितवन लगायतका छिमेकी जिल्लाहरुसँग छलफल र अन्तकिर््रया गरीने र त्यसबाट आएको सुझावलाई सभासदहरु र प्राकृतिक श्रोतसाधन समितिका सदस्यहरुसँग छलफल गरिने संजालका संयोजक कंडेलले कार्यक्रममा वताउनुभयो ।

No comments:
Post a Comment