Saturday, February 12, 2011

घर डढे पछि चेपाङ परिवारको बिच्चली

महादेवस्थान / धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको महादेवस्थान गाउं विकास समितिको वडा नम्बर ३ मा पर्ने झिरुबासका अम्बरबहादुर चेपाङको घरमा आगलागी भएका कारण चेपाङको ६ जनाको परिवारको बिचल्ली भएको छ । बिहिबार बिहान सात वजेतिर अचानक घरमा आगजनी हुंदा घर भित्र रहेको अन्नपात लत्ताकपडा भांडाकुंडा र  नगद जलेर नष्ट हुंदा एक लाख भन्दा वढिको क्षती भएको वताईएको छ । आगलागीमा परेर अम्बरबहादुर चेपाङका ७६ बर्षिया सुन्तलीमाया चेपाङको शरिर जलेर घाइते भएकि छिन । घाइते चेपाङको स्थानीय स्तरमा उपचार भईरहेको छ भने परिवारका अन्य सदस्यहरुलाई भने  खान बस्न समेत समस्या भएको महादेवस्थानका स्थानीय सामाजिक कार्यकर्ता सुनबहादुर तामाङले वताएका छन । पिडित परिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेका कारण गाविसमा रहेका सरकारी तथा गैर सरकारी निकाय सँग सहयोगका लागि अपिल गरिएपनि कुनै सहयोग नमिलेको पनि तामाङले वताएका छन ।

No comments:

Post a Comment

vfhcnbn

vggc