Saturday, February 5, 2011

प्रेस चौतारी नेपालको स्थापना दिबस

धादिङ/प्रगतिशिल पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको स्थापना दिबस शनिवार विभिन्न कार्यक्रमका साथ देश भरि मनाईएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले पनि शनिबार  स्थापना दिवसको अवसर पारेर अन्तरकि्रया तथा  चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला समितिका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी र नवराज छत्कुली नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम बर्मा ,नेपाल प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारी ,क्रान्तिकारी पत्रकार संघ धादिङका अध्यक्ष शुदर्शन खतिवडाले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसै गरी कार्यक्रममा  धादिङका सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल , प्रहरी नायब उपरिक्षक बसन्तबहादुर कुंबर नेकपा एमाले धादिङका जिल्ला सदस्य एवम प्रेस चौतारी इन्चार्ज राधिका सापकोटा  ,प्रेस चौतारी नेपाल धादिङका संस्थापक सचिव केशव दुवाडी लगायतले पनि प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य  राख्नुभएको थियो । कार्यक्रममा जिल्लामा कृयाशिल संचारकर्मि विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रेस चौतारी नेपालको स्थापना २०५६ साल माघ २२ गते काठमाण्डौमा भएको हो ।

No comments:

Post a Comment

vfhcnbn

vggc