धादिङ /राष्ट्रिय स्वासथ्यकर्मि संघ धादिङको प्रथम जिल्ला अधिबेशन शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । संघका केन्द्रिय महासचिव भक्तिमान सुब्बाको प्रमुख आतिथ्य रहेको अधिबेशनमा रामप्रसाद सिलवालको अध्यक्षता रहेको थियो ।
अधिबेशनमा संघका काठमाण्डौ जिल्ला अध्यक्ष जनक अधिकारी केन्द्रिय सदस्य कृष्ण पोखरेल नेकपा एमाले धादिङका सदस्य कृष्ण अर्याल भक्तबहादुर थापा लगायतको आतिथ्य रहेको थियो । अधिबेशनले रामप्रसाद सिलवालको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा बोधप्रसाद नेपाल ,सचिवमा गोपीबहादुर श्रेष्ठ ,कोषाध्यक्षमा शुदर्शन घर्ति चयन हुनुभएको छ । यसै गरी चेतना भट्ट ,आईतबहादुर तामाङ, पार्वती न्यौपाने,भक्तकुमारी थापा, कृष्णप्रसाद अर्याल,यदुबहादुर रेशमी र चोलाबहादुर सिम्खडा कार्य समितिको सदस्यमा चयन हुनुभएको छ ।



No comments:
Post a Comment