Saturday, February 5, 2011

यातायात मजदुरहरुलाई ट्राफिक ज्ञान

धादिङबेसी /यातायात मजदुरहरुलाई ट्राफिक ज्ञानका बारेमा जानकारी दिने उद्धेश्यले शनिबार धादिङबेसीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल यातायात मजदुर संघ धादिङका अध्यक्ष बदि्रप्रसाद सुवेदीको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा धादिङ यातायात व्यवसायी संघका अध्यक्ष होमनाथ रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक द्धारिकाप्रसाद घिमिरे र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बलराम गिरीले ट्राफिक शिक्षाका बारेमा सहभागिीहरुलाई जानकारी गराउनुभएको थियो । धादिङ जिल्लाको विभिन्न रुटमा कार्यरत ६० जना यातायात मजदुरको सहभागिता रहेको कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ धादिङका अध्यक्ष बदि्रप्रसाद सुवेदीले यातायात मजदुरले पालना गर्नुपर्ने नैतिक शिक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc