धादिङ/नेपाल तामाङ घेदुङ धादिङको दोश्रो अधिबेशन शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । अक्कलबहादुर तामाङको अध्यक्षतामा भएको अधिबेशनले पुन अक्कलबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ ।
अधिबेशनबाट कार्य समितिको उपाध्यक्षमा रामिसंह तामाङ, सचिवमा जसमान तामाङ,सह सचिवमा बिना मम्वा र कोषध्यक्षमा बुद्धिमान वाइबा चयन हुनुभएको छ । यसै गरी तामाङहरुको महान पर्बका रुपमा रहेको सोनाम ल्होसार सत्यदेबी गाउं विकास समितिमा शुक्रबार विभिन्न कार्यक्रमका साथ मनाईएको छ । नेपाली कांग्रेसका युवा नेता दिलमान पाखि्रनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तामाङ समुदायको भेषभुषा र संस्कृति झल्काउने झांकिका साथै मेन्दोमाया घोडचढीनाचझांकि्र नाच लगायतको प्रदर्शन गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका एक नम्बर क्षेत्रिय सभापती राजु पाखि्रन, राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङ लगायतको उपस्थिती रहेको थियो ।



No comments:
Post a Comment