Thursday, February 3, 2011

१३ वटै इलाकामा इलाका स्तरिय योजना तर्जुमा गोष्ठि

धादिङबेसी /आर्थिक बर्ष २०६८/६९ का लागि  इलाका स्तरबाटे योजना तर्जुमा  गर्ने उद्धेश्यले जिल्लाको १३ वटै इलाकामा इलाका स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
१३ वटै इलाकामा भएको गोष्ठिमा विभिन्न राजनैतिक दलका  ५२ जना महिला एक सय ५० दलित ६४  जनजाती दुई सय ७० र अन्य पाँच सय ४७ समेत गरी एक हजार ८३ जनाको सहभागितामा रहेको थियो । गोष्ठिले ५० वटा गाविस स्तरिय९६ वटा लक्षित बर्ग कार्यक्रम बजेट सिलिङबाहिरबाट ४८ वटा र केन्द्रमा माग गर्ने केन्द्रिय स्तरका एक सय एक समेत चार सय १९ वटा योजनाहरु तर्जुमा गरी बिषयगत समिति र एकिकृत  योजना समितिमा छलफलका लागि सिफारिश गरि पठाएको जिल्ला बिकास समितिका गोमा लोहनीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc