Thursday, February 3, 2011

त्रिशुली नदीको अस्तित्व जोगाउन समस्या

धादिङबेसी /त्रिशुली नदी माथि भईरहेको प्रदुषण रोकथामका लागि नदी आसपासमा संचालित गैर कानुनि उद्योग व्यवसाय र नदी किनार अतिक्रमण गरी वनाईएका बस्ति नियन्त्रण गरिनुपर्ने सरोकारवालाहरुले वताएका छन ।
धार्मिक तथा पर्यटकिय महत्व रहेको त्रिशुली नदीको संरक्षणमा ढिलाई गर्दा नदी र नदीसंग सरोकार राख्नेहरुको भविष्यनै समाप्त हुन सक्ने भन्दै नदीको अस्तित्व बचाउन सरोकारवालाहरुले आग्रह गरेका छन । जिल्लाको आर्थिक बिकासका नाममा जथाभावी नदी आसपासमा विभिन्न किसिमका उद्योग धन्दा संचालन गर्न दिन नहुने कुरामा सहभागिहरुले जोड दिएका छन । त्रिुशली बचाउ साझा संजाल धादिङको आयोजनामा भएको त्रिशुली नदीको बिद्यमान अवस्था बारे बिषयक जिल्ला स्तरिय छलफल कार्यक्रममा जिल्ल्ााका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुका साथै राजनैतिक दलका प्रतिनिधी र सरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । संजालका अध्यक्ष उत्तमराज कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिले रोडा ढुङगाको ठेक्का लगाउन तयार पारेको प्रारम्भिक वाताबरणिय अध्ययन प्रतिबेदन जालसांजी ढंगले तयार पारिएको तथ्य सार्वजनिक गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्र संग सम्वन्धित व्यक्तिहरुले त्रिशुली नदीको अस्तित्व समाप्त पार्न लागिपरेकाहरुलाई राज्यले संरक्षण नदिई उचित कारबाही गर्नुपर्ने बताएका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc