धादिङ /साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको दशौं वार्षिक साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ ।
संघका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०६६÷०६७ को आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ । साधारणसभाले सहकारी संघले गत वर्ष भएको १४ लाख २३ हजार ६ सय ९८ रुपैयाँको आय व्यय तथा ३७ लाख ८० हजार रुपैयाँको प्रस्तावित बजेट पारित गरेको हो । साधारणसभामा संघको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाठकले संघले पाँच वर्षे व्यवसायिक योजना निर्माण गरि काम गरिरहेको कृषि क्षेत्रको विकासका लागि मकै सिमि केराउ प्याज मूला लगायतका वस्तुहरुका विऊ खरिद तथा बजारीकरणमा सहयोग गर्दै आएको संघमा आवद्ध सहकारी संस्थाहरुका लागि वचत संकलन सहकारी शिक्षा समूहको सकि्रयता गुणस्तरीय ऋण लगानी तथा असुली जस्ता तालिमहरु प्रदान गर्दै आएको बताउनु भएको थियो । त्यसैगरि आगामी वर्षमा संघमा आवद्ध सहकारी संस्थाका सदस्यहरुलाई जीविकोपार्जन कृषि प्रणालीबाट व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गर्न व्यवसायिक पशुपालन मासुजन्य पदार्थ उत्पादन प्राङ्गारिक तरकारीखेती र घरेलु उद्योग साचालनका कार्यक्रमहरु अघि बढाउने योजना रहेको पनि अध्यक्ष पाठकले बताउनु भयो । साधारणसभाको पहिलो शत्रमा विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले साधारणसभा तथा अधिवेशनको सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङमा कृषिसंग सम्बन्धित ३८ वटा सहकारी संस्थाहरु आवद्ध रहेको संघका प्रवन्धक खिलप्रसाद सिलवालले बताउनु भयो । त्यसैगरि अनुगमन वहुउद्देस्यीय सहकारी संस्था नुवाकोट तारुकाको १४ औंवार्षिक साधारणसभा आज सकिएको छ । हाम्रो विकास बैंकका निर्देशक कपिल ढकालको प्रमुख आतिथ्यमा भएकाृ साधारणसभाले रामचन्द्र नेपालको अध्यक्षतामा नयाँ साचालक समिति चयन गरेको छ । आज सम्पन्न साधारणसभा संस्थाका निवर्तमान अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा भएको नुवाकोट तारुकाबाट नारायण श्रेष्ठले जानकारी दिनुभयो ।



No comments:
Post a Comment