Thursday, February 3, 2011

अज्ञात समुहको गोली प्रहारबाट सामाजिक कार्यकर्ता घाइते

धादिङ /धादिङ जिल्लाको झार्लाङ गाउँ विकास समिति वडा नम्वर १ तेर्चोमा गयराती अज्ञात समुहको गोली प्रहारबाट एकजना सामाजिक कार्यकर्ता घाइते भएका छन् । अन्र्तराष्ट्रिय गैर सरकारी  संस्था कादुरीको सहयोगमा झार्लाङको तेर्चोमा साचालन भइरहेको खानेपानी योजनाका स्थानीय फिल्ड सुपरभाइजर सोनु सुनुवारलाई  गएराति १ बजेतिर सुतिरहेकेा अवस्थामा अज्ञात समुहले गोलि प्रहार गरी फरार भएको हो  ।
छाती र कन्चटमा गोली लागेका फिल्ड सुपरभाइजर सुनुवारलाई विहिवार विहान १० बजेतिर कादुरीको संस्थाकेा सहयोगमा हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाण्डौ महारागंजमा रहेको शिक्षण अस्पताल लगिएको जिल्ल्ाा प्रहरी कार्यालय धादिङले जनाएको छ । गोली प्रहारपछि अज्ञात समुहले सुनुवारको साथमा रहेको खानेपानी आयोजनाको ४ लाख रुपैंया नगद समेत लुटेर लगेको स्थानीयबासीले बताएका छन् । साथै सुनुवारसंगै रहेका लापा गाविसका पूर्व गाविस उपाध्यक्ष जीतबहादुर गुरुङको साथमा रहेको नगद लुट्नुका साथै हतियार देखाएर स्थानीय २ जना महिलाको गरगहना पनि सोही समुहले लुटेर लगेको वताईएको छ । लुटेरा समुहको पहिचान नभएको र खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय धादिङ । इलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोलीले खोजी कार्यलाई तिब्र पारेको धादिङका प्रंहरी नायब उपरिक्षक बसन्तबहादुर कुंबरले वताउनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc