Friday, February 25, 2011

सानिमा बैकले दियो दुर्घटनाको एक लाख विमा

धादिङबेसी /सानिमा बिकास बैक धादिङ शाखाले आज एक कार्यक्रमको आयोजना गएको असार २० गते मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाउनुभएका साङकोषका राजकुमार ढकालको परिवारलाई बिमा वापत एक लाख रुपैया प्रदान गरेको छ ।
शाखाको कार्यालयमा आयोजित एक कार्यक्रममा शाखा प्रमुख बिष्णुलाल श्रेष्ठले दुर्घटनामा परि ज्यान गुमाउनुभएका साङकोष गाविस वडा नम्बर २ का राजकुमार ढकालकी श्रीमती  बिमला ढकाललाई एक लाख रुपैयाको चेक हस्तान्त्ारण गर्नुभएको हो । बैकले प्रदान गरेको उक्त रकम आफ्ना १० बर्षिय छोरा मिलन र सात बर्षिया छोरी मिथिलाको नाममा मुद्धती खाता खोलेर राखिने वताईएको थियो । चेक हस्तान्तरण कार्यक्रममा मृतकका बुवा जनक ढकालका साथै परिवारका अन्य सदस्य र जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc