ज्यामरुङ / धादिङको ज्यामरुङ गाउं विकास समितिको वडा नम्बर ६ हनुमानगढीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने भएको छ । हनुमानगढीलाई धार्मिक पर्यटकिय क्षेत्र निर्माणका लागि आर्थिक श्रोत संकलन गर्ने उद्धेश्यले हनुमान मन्दिर संरक्षण समितिलॆ बाल्मीकी रामायण ज्ञान महायज्ञ सम्पन्न गरेको छ ।
हनुमान मन्दिर संरक्षण तथा विकास समितिको आयोजनामा हालै सम्पन्न भएको महायज्ञबाट आठ लाख २० हजार नगद संकलन भएको आयोजक समितिले जनाएको छ । स्थानीय बयोबृद्ध हुक्त इटनीले सपनामा उक्त स्थानमा देवी देउता बसेको देखेपछि २०५२ सालबाट आफ्नै हस्तकलाबाट गणेश श्रीराम जानकी हनुमान श्रीकृष्ण सरस्वती शिवलिङग बिनाक धनुष र वसाह लगायतका देवी देवताको मुर्ति स्थापना गरी यस क्षेत्रलाई हनुमानगढीका रुपमा विकास गरेका हुन । हनुमान मन्दिरलाई जिल्लाको धार्मिक पर्यटन क्षेत्रका रुपमा परिचित गराउन जिल्लाका राजनैतिक दलहरुले पनि ऐक्यवद्धता जनाएका छन । धादिङवेसी-सल्यानटार सडकको किनारमा रहेको हनुमानगढीलाई अझै व्यस्थित गर्न सके धार्मिक पर्यटन प्रवर्धन हुनुका साथै गाउंको आर्थिक विकास समेत गर्न सकिने मन्दिर संरक्षण समितिका अध्यक्ष रमेश पाण्डेले वताए ।

No comments:
Post a Comment