नीलकण्ठ/ स्थानीय गैर सरकारी संस्था फोकस नेपालद्धारा संचालित साना किसानहरुका लागि वजारमा पहुँच कार्यक्रम अन्र्तगत धादिङ जिल्लाको चैनपुर मुरलीमज्याङ र सुनौलावजार गाविसका ४ वटा समुहका ३० जना किसानहरुलाई सुरक्षित दुध उत्पादन तथा व्यवस्थापन सम्वन्धि तालिम दिईएको छ ।
सोमवार र मंगलवार धादिङवेसीमा भएको तालिममा पशुपालन गरि दुध व्यवसाय गर्ने किसानहरुलाई दुध उत्पादनमा वृद्धि गर्न घाँस र दानाको महत्व पशुको स्वास्थ्य र जातले दुधमा पार्ने असर र दुध उत्पादन गरी सकेपछि कसरी सफा तरिकाले व्यवस्थापन गर्ने जस्ता कुराहरु तालिममा छलफल गरिएको थियो । यसै गरी दुध उत्पादनमा वुद्धि गर्न गोठ व्यवस्थापन र पशुहरुलाई स्वस्थ्थ राख्नु पर्ने बिषयमा किसानहरुलाई तालिमका सहजकर्ता फोकस नेपालका पशु प्राविधिक ज्ञानप्रसाद भट्टराईले जानकारी दिनुभ्ाएको थियो । त्यसै गरी तालिममा हरियो घाँसको गुन्द्रुक वनाएर हरियो घाँस नभएको वेलामा पशुहरुलाई खुवाउन सकिने र त्यसले दुध उत्पादनमा वृद्धि गर्न सहयोग गर्ने बारेमा पनि जानकारी गराईएको थियो ।
दुई दिन सम्म चलेको तालिममा जिल्ला पशु विकास कार्यालयका कार्यालय प्रमुख डाक्टर । शिवजीप्रसाद दास फोकस नेपालका पशु विकास अधिकृत डाक्टर सीता आर्चायले सहजीकरण गर्नुभएको थियो ।



No comments:
Post a Comment