Sunday, April 3, 2011

सडकमा गाडी गुड्दा स्थानीयवासीन्दालाई समस्या

साङकोष/ जिल्लाको साङ्कोष गाविसमा स्थानियवासीहरुका लागि सडकमा गाडी गुड्दा उड्ने धुलो प्रमुख खतराको रुपमा देखा परेको छ । सडकको छेउछाउमा घरभएका स्थानीयवासीन्दालाई  गाडीले उडाएको धुलोका कारण रुघाखोकी निमोनिया दम आँखाको रोग र जिउ चिलाउने जस्ता शारिरीक समस्याहरु देखिन थालेका छन ।
 यसै गरि  वारी पाखोमा भएको घाँसहरुमा धुलो परेर गाईवस्तुले घाँस नखाने वस्तुमा पनि रुघाखोकी आँखा पाक्ने रोग लागेर दुध उत्पादनमा ह्रास आएको स्थानीयवासी वताउंछन ।स्थानीय गैर सरकारी संस्था फोकस नेपालको आयोजनामा साङ्कोष गाविसमा भएका समुहहरुमा गरिएको जनसहभागितामुलक खतरा तथा संकटाभिमुख विश्लेषण कार्यशालाका क्रममा यी खतराहरु स्थानियवासिन्दाहरुले पहिचान गरेका हुन् । यसै गरी सोही कार्याशालाबाट पचघरे स्कुलमा पैह्रोका कारण स्कुलको भवन नै संकटमा परेको र त्यसले क्षति पुर् याउन सक्ने खतराको समेत विश्लेषण भएको छ ।
सोमबार  साङ्कोष गाविस १ को पचघरेमामा सुन्धारा दुग्ध उत्पादन समुहमा गरिएको जनसहभागितामुलक खतरा तथा संकटाभिमुख विश्लेषण कार्यशालामा पनि वाटोमा गाडी गुढ्दा उड्ने धुलो नै आंपुहरुको  लागि प्रमुख चुनौतीको  रुपमा गाउंवासीले  पहिचान गरेका छन  । जनसहभागितामुलक खतरा तथा संकटाभिमुख विश्लेषण कार्यशाला संस्थाले कार्यक्रम संचालन गरिरहेका सबै समुहमा गर्ने र खतरा पहिचान भैसके पछि त्यसको समाधानको लागि  उपायहरु खोजिने भएको छ । समस्या समाधानका लागि आवश्यक कार्यहरुको योजना समेत वनाइने कार्यक्रमका सहजकर्ता फोकस नेपालका पशु प्राविधिक तेजमणि पन्तले वताउनुभयो । कार्यक्रममा प्राक्टिकल एक्सनका कन्सल्टेन्ट सुसान्त विष्टले जनसहभागितामुलक खतरा तथा संकटाभिमुख विश्लेषणका लागि सहयोग गर्नुभएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc