खाल्टे/ धादिङको खाल्टे गाउं विकास समितिको वडा नम्बर ९ का स्थानीय वासिन्दा आफ्नो वडामा जुवातास र जांडर_िक्स नियन्त्रण गर्न सकि्रय भएर लागि परेका छन ।
जांडर_िक्स र जुवातासका कारण समुदायको विकासमा वाधा पुग्नुका साथै समाजमा झैझगडा र घर परिवारमा समेत समस्याहरु देखिन थालेपछि गाउंवासीले वडा स्तरमा समितिको गठन गरेर गाउंलाई जांडर_िक्स र जुवातास निषेधित क्षेत्र वनाउन लागि परेका हुन । गरिवी निवारण कोषको सहयोगमा गैर सरकारी संस्था चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाजले खाल्टे गाविसमा संचालन गरेको गरिबी निवारण कार्यक्रमबाट अभिप्रेरित भई यहांका वासिन्दाले नमुनादेवी सामुदायिक संस्थाको गठन गरि समाजिक विकासका कार्यहरु गर्दैआईरहेका छन । संस्थाका अध्यक्ष टेकबहादुर विकका अनुसार संस्थामा आवद्ध स्थानीय वासिले गाउंमा वसेर जांडर_िक्स बेच विखन तथा सेवन गर्ने जुवातास खेल्ने खेलाउनेलाई शुरुमा सचेत गराउने र सचेत गराउंदा पनि नभएमा दण्ड जरिवाना गराएर छाडने गरिएको छ ।
संस्थाको निर्णय पछि यहांका वासिन्दामा परिवर्तन देखिन थालेको छ । संस्थाले वेरोजगार भएर वस्ने व्यक्तिलाई सामुहिक रुपमा काम गरि आयआर्जनका कार्यमा सहभागि हुन समेत सहयोग गराउंदै आईरहेको छ भने गरिवी निवारण कोषले पनि समुदायको माग अनुसारको रकम उपलव्ध गराएर सहयोग गर्दै आईरहेको छ । सदरमुकाम धादिङबेसीबाट नजिकै रहेर पनि विकासका अवसरहरुवाट बिाचत रहेको खाल्टे गाविसको वडा नम्बर ९ लाई नमुना गाउं वनाउन गाउंवासी लागि परेका छन । विपन्न दलित समुदायको मात्र सहभागितामा गठन भएको देउराली सामुदायिक संस्थाले शुरु गरेको जांड र_िक्स तथा जुवातास नियन्त्रण अभियानलाई समाजका सवै वर्ग र समुदायले समते सहयोग गर्दै आईरहेका छन ।

No comments:
Post a Comment