Thursday, April 21, 2011

२०६७ सालको कृषि क्षेत्र अवस्था

काजी श्रेष्ठ
काठमाण्डौ/नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका अग्रणी रहेको भएपनि यसले प्रभावकारी भूमिका खेल्न सकेन । कृषि प्रधान देशका रुपमा चिनिएको मुलुकमा सरकारी बजेट पर् याप्त नहुदा तथा सरकारको बजेट खर्च नहुँदा कृषिको लागि बर्ष २०६७ आशातित बन्न्ा  सकेन । कृषिक्षेत्रमा छुट्टाइएको बजेट खर्च हुन नसक्नु यस क्षेत्रका विकास नहुनु प्रमुख कारण बन्न्ा पुग्यो । कृषि उत्पादनमा कमि आउँदा मुल्य वृदि लगायतका समस्या उत्पन्न भए ।
सरकारको नीति तथा कार्यक्रम हुदा हुँदै पनि कृषि उत्पादनमा वृदि हुन नसक्नु देशकै लागि हानीको कुरा हो । कृषिका लागि निश्चित मापदण्ड तथा नीति ल्याइनुपर्ने माग हुदै गर्दा पनि सम्बन्धित क्षेत्रबाट त्यसतर्फ ध्यान नगएको देखिन्छ । यद्यपी बालवानी रेशमखेती मत्स्यपालन पुष्प व्यावसाय पशुपालन फलफुल जडिबुटि उत्पादन लगायत नगदे बालीको प्रवर्दनमा जोड दिन भने सरोकारबालाहरु लागि परेको बताउँदै आइरहेका छन् । <br>
०६७ को कृषिक्षेत्रका घटनाक्रमहरुलाई केलाउँदा उखु किसानहरुले गरेको आन्दोलनले कृषिक्षेत्रमा ठुलै तहल्का म्ाच्चाउन सफल भयो । कृषि क्षेत्रमा लगानीको कमी उपलब्ध साधन श्रोत फिँजाउने प्रचलन एकिकृत दृष्टिकोणमा कमी कार्यक्रमहरु कृषक अभिमुखि नहुनु कृषि र उद्योग विच परस्पर सम्बन्धको अभाव संस्थागत प्रभावकारीमा कमी अनुगमन तथा मुल्याङ्कनमा कमी िसंचाई बजार सडक ग्रामिण विद्युतिकरण आदि जस्ता पूर्वाधारको कमी जस्ता समस्याले कृषि क्षेत्रलाई जकटिरहयो । यस परिपेक्षमा यी समस्याहरुको समाधान गर्दै कृषि क्षेत्रको उच्च वृद्धिदर हासिल गरी विद्यमान गरीविको निवाकरणमा सहयोग गर्ने र कृषि क्षेत्रको विकास बाट गैर कृषि क्षेत्रको विकास गर्नुनै आजको कृषि क्षेत्रको चुनौति रहेका छन् । साथै बेरोजगारी तथा गरीवी घटाई दीगो शान्ति स्थापनाका लागि सहकायोग पुर् याउन कृषि क्षेत्रलाई व्यवसायिकरण तर्फ उन्मुख गराउने कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषकको आय आर्जनमा वृद्धि गरी खाद्य सुरक्षामा पहुँचमा वृदि गर्नुजस्ता कामहरु आजको कृषिक्षेत्रको सुधारका लागि थपिएका चुनौतीहरु हुन । कृषि विकास विना बहुसंख्यक जनताको जीवनस्तर उठ्न सक्ने वास्तविकतालाई ध्यानमा राखी कृषि विभागले कृषक समक्ष विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । त्यसले किसानहरुको जिवन स्तरमा विस्तारै विस्तारै जिवन स्तर उकास्दै गएको पाउन सकिन्छ । कृषि जन्य साना तथा मझौला उद्योगहरुमा किसान र उद्यमीको संयुक्त लगानीमा उद्योग संचालन गर्न प्रोत्साहित गर्दै आएको छ । जस अनुसार कृषकको पनि सहकागिता विस्तारै बढ्दै गएको छ ।
२०६७ सालमा दुधको समस्या अत्याधिक रह्यो । जस कारण नेपाल दुधमा आत्म निर्भर बन्न सकेन । दैनिक ५ लाख लिटर सम्म दुग्ध समस्या रहेको थियो । जस कारण नेपालले करोडौं मुल्य बराबरको धुलो दुध बाह्य मुलुक बाट नेपाल भित्रियो । सरकारले दुग्ध सम्ास्या ननिम्तयाउन विषेश कार्यक्रम ल्याई नेपाललाई दुध उत्पादनमा आत्म निर्भन बनाउनु पर्ने आवश्यकता भएपनि सरकार त्यसतर्फ नलागेको पाइन्छ । विषेश गरी युवाहरुलाई पशुपालनमा आर्कषित गराउनु पर्ने आजको आवश्यकता हो । पशुहरुलाई मासुको रुपमा बढी प्रयोग गरीनुले पनि दुधको समस्या आएको विश्लेषण हुदै आइरहेको छ । २०६८ सालमा दुध सम्बन्धी सरकारले विषेश कार्यक्रम ल्याई दुधउत्पादनमा आत्पनिर्भर बनाउन सके केही हद सम्म भएपनि देशको अर्थतन्त्र बलियो हुने देखिन्छ । किसानहरुले उत्पादन गरेको दुधको उचित बजार मुल्य नपाउनाले पनि पशुपालन तर्फ आकर्ष घट्दै गएको पनि बताइन्छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc