धादिङ/ नयां संविधान र राज्यको पुःन संरचनाका सन्र्दभमा जिल्ल्ाा सरकारको आवश्यकताका पक्षमा जिल्ला विकास समितिमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय विकास अधिकारी शंकर नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ल्ाा अधिकारी भरत पौडेल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु पूर्व सांसद रामनाथ अधिकारी जि।वि।सका । पुर्व पदाधिकारीहरुका साथै प्रहरी नायव उपरीक्षक वसन्त कुवर कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिनारायण निरौला विभिन्न कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । यसै गरि कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सितारामप्रसाद वर्मा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रभातकिरण सुवेदी गैर सरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्याल जिविस योजना अनुगमन तथा प्रशासकिय अधिकृत रामचन्द्र अधिकारी लेखाअधिकृत हेमराज पौडेल र जिविसका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिविसका लेखापरीक्षण अधिकृत हरि पाटामगरले गर्नु भएको थियो भने जि।वि।स।महासंघका सदस्य जगन्नाथ थपलिया र कृष्णपंसाद जैसीले कार्यक्रमको उद्धेश्य र विषय वस्तु माथि प्रकाश पार्नु भएको थियो । जि।वि।स। महासंघले आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य राज्य पुःन संरचना अन्तर्गत शासकीय स्वरुपमा जिल्ला सरकारको आवश्यकता का बारेमा धादिङ जिल्लाको सुझावहरु संकलन गर्ने थियो ।



No comments:
Post a Comment