Thursday, April 21, 2011

अतिक्रमित क्षेत्रका उद्योग भत्काउन शुरु

सानुवाबु तिमिल्सीना
नौविसे/धादिङ जिल्ल्ाामा राजमार्ग क्षेत्र अतिक्रमण गरी साचालनमा ल्याइएका उद्योगधन्दाहरु स्थानीय प्रशासनले बल प्रयोग गरी भत्काउन शुरु गरेको छ । राजमार्ग क्षँेत्रका २५ मिटर भित्र निर्माण भई साचालनमा रहेका रोडा ढुंगा उद्योग एवं अन्य उद्योगहरु स्थानीय प्रशासनले मंगलबार बल प्रयोग गरी भत्काएको हो ।
राजमार्ग क्षेत्रमा प्रशासनको अटेर गरी उद्योगधन्दा साचालन गर्ने कार्य नियन्त्रणको लागि सम्बन्धीत व्यवसायीहरुलाई पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि बाध्य भएर बल प्रयोग गरिएको प्रशासनको भनाई रहेको छ । मंगलबार अतिक्रमित सडक क्षँेत्रभित्रका उद्योग भत्काउने कार्यको लागि प्रमुख जिल्ला अधिकारी भरत पौडेल स्थानीय विकास अधिकारी शंकर नेपाल धादिङका प्रहरी नायव उपरिक्षक बसन्तबहादुर कुंवर डिभिजन सडक कार्यालय भरतपुर अन्तर्गत साइट अफिस गजुरीका इन्जिनियर खगेन्द्रबहादुर शाही लगायतको टोली खटिएको थियो । टोलीले पृथ्वीराजमार्ग अन्तर्गत धादिङ मलेखु खोलामा साचालित ३ वटा क्रसर उद्योगले नदि किनारामा अनियमित ढंगले बनाएको खाडल पुरेको छ । यसैगरी सोही राजमार्ग अन्तर्गतको भूमेस्थान गाविसको वडा नम्बर - ४ मा स्थानीय खहरे खोलानै थुनेर साचालन गरिएको क्रसर उद्योग लगायत सडक क्षेत्र अतिक्रमण गरी साचालन गरिएका केही क्रसर उद्योग थाक्रेको महादेववेसीमा रहेको स- मिल लगायत नौविसे खण्डसम्म अनियमित तरिकाले साचालन भएका केही उद्योगहरुमा बल प्रयोग गरेको थियो ।
सडक क्षेत्र अतिक्रमण गरी साचालनमा रहेका यस्ता उद्योगहरु अन्यत्र सारी साचालन गर्न गत चैत्र १३ गते ७ दिनको म्याद राखेर सम्बन्धीत अतिक्रमीत उद्योग साचालकहरुलाई पत्राचार गरिसकिएको थियो । तर पत्राचार गरिएको २१ दिन वितिसक्दा पनि यसमा अटेर गरी उद्योग साचालन गरिरहेकोले प्रशासनले बाध्य भएर बल प्रयोग गर्नु परेको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन तथा समन्वय समिति धादिङका अध्यक्ष भरत पौडेलले बताउनुभयो । प्राकृतिक संरचना विगार्ने उद्देश्य राखी साचालन गरिएका उद्योगधन्दादेखि लिएर अनियमित तरिकाले खोलीएका एवं सडक क्षेत्र मिचेर साचालन गरिएका सबै उद्योग धन्दा खाली गराउने उद्देश्य अनुसार कार्य अगाडि बढाइएको प्रजिअ पौडेल बताउनुहुन्छ । यसअघि नै सम्बन्धीत व्यक्तिहरुलाई यस बारेमा सचेत पारिएको भएपनि व्यवसायिहरुले यसमा अटेर गरेकाले बाध्य भएर बल प्रयोग गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।  उता व्यवसायीहरुले  भनॆ उद्योग साचालन गरेको धेरै बर्ष भइसकेको अवस्थामा थोरै दिनको समय दिएर उद्योग खाली गर्न असम्भव रहेको बताएका छन् । आफुहरुले १ डेढ महिनामा उद्योग सार्ने समय माग्दामाग्दै प्रशासनले आफ्नो कुरा नसुनी जवरजस्ती बल प्रयोग गरेको एक क्रसर उद्योगीले बताए । तर प्रशासन यो कुरा मान्न तयार छैन । प्रशासनले २१ दिनसम्म बाटो हेर्दा पनि यसतर्फ उनीहरुले कुनै चासो नदिएर प्रशासनलाई हेप्ने प्रयास गरेका कारण बल प्रयोग गरेको प्रजिअ पौडेलको भनाई छ । जिल्लामा पनि सरकार छ भन्ने चेतना दिलाउंदै अन्य स्थानका अनियमितता भएका ठाउंमा यसबाट सम्बन्धीत व्यक्ति आफैंले पाठ सिक्ने पनि उहांले वताउनु भयो ।व्यवसायीहरुले आइन्दा यस्तै अटेर गरेमा अनुगमन टोलीले  जरिवाना तिराउने सम्मको योजना बनाएको छ । नदिनालामा अनियमित तरिकाले गिटि झिकेर बनाएको खाडल पुर्न सडक अतिक्रमण गरी चलाएका विभिन्न उद्योगधन्दा पर सार्न अझै पनि सम्बन्धीत व्यवसायीहरुलाई प्रशासनले आग्रह गरेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc