Thursday, April 21, 2011

धादिङमा साहित्यिक चहल पहलमा कमि

धादिङ/ लामो समयको अन्तराल  पछि आईतबार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा एउटै माचबाट दुईवटा साहित्यिक कृति एकै साथ सार्वजनिक भएको छ । संधैभरि साहित्यिक कार्यक्रमका विच सार्वजनिक हुने गरेको  साहित्यिक कृति आईतबार राजनैतिक भाषणका विचमा सार्वजनिक गरिएको हो ।
 नेपालकै ठुलाटारहरु मध्येमा पर्ने  धादिङको सल्यानटार गाविसको बर्णन गरेर दिव्यकान्त बुर्लाकोटीद्धारा लिखित ुहाम्रो सल्यानटारु शिर्षकको समसायमिक गीति कविता संग्रह  र सुदिप श्रेष्ठद्धारा लिखित ुजुवाडेको बानी ु शिर्षकको  कविता संग्रहको संयुक्त रुपमा सार्वजनिक गरेका थिए एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेले । कृत्ति सार्वजनिक गर्ने कार्यक्रमको सन्दर्भ थियो धादिङ आवाज साप्ताहिकको तेह्रो बार्षिकोत्सव ।
 दैबज्ञकेशरीबिद्यारण्यकेसरी अर्याल देखि केशव राज िपंडालीकेवलपुरे किसान गोविन्द भट्ट डिल्लीरमण अर्यालबदि्र दहालनयां पुस्ताका नवराज लम्सालकेशव दुवाडीहरि खनालनविनबन्धु पहाडीउर्मिला थपलियाका साथै दर्जनौ साहित्यिक श्रष्टाहरुको इतिहास बोकेको धादिङ जिल्लामा हिजोआज साहित्यिक गतिविधी शुन्य हुदै गएको छ ।  धादिङ जिल्लाको साहित्यिक विकासका लागि जिल्ल्ााभरका साहित्यकारहरुको जमघटले २०५४ सालमा स्थापना गरेको धादिङ साहित्य समाज अहिले कोमामा राखिएको विरामी सरह बन्न पुगेको छ । स्थापनाको केहि समय मासिक साहित्यिक  काव्य गोष्ठि र बार्षिक साहित्यिक प्रकाशन गरेर जिल्ल्ााको साहित्य विकासमा सकि्रयता देखाएको धादिङ साहित्य समाज एक दशक देखि सुस्त हुन पुगेको हो । मुलुकमा शाही शासन कायम रहेका बेला केहि नवयुवाहरुले शुरु गरेको जनचेतनामुलक साहित्यिक अभियान पनि लोकतन्त्रको स्थापना पश्चात ओझेलमा परे । राष्ट्रिय स्तरमा ख्याती कमाएका साहित्यकारहरुको गृह जिल्ला धादिङबाट अहिले सम्म एउटा पनि साहित्यिक पत्रिका प्रकाशित हुने गरेको छैन । केहि अनौपचारिक समुहहरुले मौसमि साहित्यिक पत्रिका  प्रकाशित गरेपनि ति पत्रिकाले समेत निरन्तरता पाउन सकेको छैन । 
व्यक्तिगत रुपमा साहित्यिक कृत्ति प्रकाशन गर्ने साहित्यकारहरुको संख्या धादिङ जिल्लामा निकै रहेपनि सामुहिक रुपमा साहित्यिक क्षेत्रको विकास र प्रबर्धनका लागि पहल गर्नेहरु हिजो आज जिल्लामा भेटिन छाडेको युवा साहित्यकार प्रयाससौरभ श्रेष्ठ वताउंछन । मुलुकमा लोकतन्त्र स्थापना हुनुभन्दा पहिले साहित्यकारहरुमा जुन किसिमको एकता र भावनात्मक सम्वन्ध थियो त्यो सम्वन्धमा  अहिले मुलुकको राजनीतिको पं्रभाव पर्न थालेकाले अग्रज साहित्यकारहरुमा उत्साह घटदै गएको हुन सक्ने श्रेष्ठको भनाई छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc