मलेखु / भद्रकाली सामुदायिक विकास समाजको १० औं वार्षिक साधारण सभा धादिङको गजुरी गाउं विकास समितिको वडा नम्बर २ मलेखुमा आईतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष हरीराम लोहनीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा न्यु सेडल सेवा केन्द्र काठमाण्डौका कार्यकारी निर्देशक चित्रबहादुर केसीवागेश्वरी बहुउद्धेश्यिय सहकारी संस्थाका सचिव देवप्रसाद त्रिपाठी जनहित समाजका अध्यक्ष गोविन्द कंडेलसंस्थाका कानुनि सल्लाहकार पुरुषोत्तम लोहनी र नेपाली कांग्रेस वेनिघाटका अध्यक्ष ऋषि त्रिपाठीको आतिथ्य रहेको थियो ।
साधारण सभाले संस्थाका कोषाध्यक्ष रामहरी थापाले प्रस्तुत गरेकॊ आर्थिक बर्ष २०६६/६७ को आय व्यय विवरण र सचिव भुमिप्रसाद कंडेलको संस्थाको कार्य प्रगति प्रतिवेदन पारित गरेको छ । यसै गरी साधारण सभाले अबको एक बर्ष भित्रमा भद्रकाली बृद्धाश्रमको निर्माण कार्य सम्पन्न गरिसक्ने र भद्रकाली मन्दिरमा बराह भद्रकालीमाई र पातालेश्वर महादेवको मन्दिर निर्माण गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी मलेखुवजारको वातावरणिय सरसफाई र प्रदुषण नियन्त्रणका लागि वजार क्षेत्रमा स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि साधारण सभाले पारित गरेको छ । संस्थाले निर्माण शुरु गरेको भद्रकाली बृद्धाश्रम निर्माणका लागि अहिले सम्म ४९ लाख ९४ हजार सात सय ५६ रुपैया खर्च लागेको वताईएको छ ।

No comments:
Post a Comment