Sunday, March 13, 2011

साक्षरता कार्यक्रमका लागि तालिम

काउले / राष्ट्रिय साक्षरता अभियान २०६७ अन्तर््ागत चितवन जिल्लाको काउले गाउं विकास समितिको वडा नम्बर ३ हात्तिबाङमा संचालित स्थानीय साक्षरता स्वयमसेवक एवम स्थानीय निरिक्षकहरुको लागि पांच दिने अभिमुखिकरण तालिम  आईतबार सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रममा काउले गाविस वडा नम्बर एक देखि ५ सम्म्ाका २९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय चितवनका बिद्यालय निरिक्षक धु्रवराज पौडेलले बिषयवस्तुका बारेमा जानकारी दिएका थिए । सहभागि बिन्दाकुमारी अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमकॊ अवसरमा राष्ट्रिय मावि हात्तिवाङका प्रधानाध्यापक भुमिनन्द घिमिरे बिद्यालय व्यवस्थापन समिातिका अध्यक्ष सन्तबहादुर राना लगायतले साक्षरता अभियानलाई सफल पार्न सवैपक्षको समान सहभागिता हुनुपर्ने वताएका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc