सत्यदेवी /धादिङ जिल्लाको सत्यदेवी गाउं विकास समितिमा व्यवसायिक अदुवाखेती सम्वन्धि तीन दिने तालिम आईतबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीद्धारा संचालित मानव वेचविखन बिरुद्ध युवा शशक्तीकरण र आयआर्जन कार्यक्रम अन्र्तगत आयोजना गरिएको अदुवाखेती सम्वन्धि तीन दिने तालिम आईतबार सम्पन्न्ा भएको हो । सत्यदेवीको खनायोवासमा रहेको बच्छलादेबि उच्च मावि संचालित तालिममा जिल्ला कृषि विकास कार्यालय धादिङका नायव प्राविधिक सहायक टिका काफ्ले र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका फिल्ड अधिकृत अम्बिका रिमालले अदुवाखेती गर्दा ध्यान दिनुपर्ने बिषयहरुका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । तालिममा सत्यदेवी गाविसका नौ वटै वडाका दुई दुई जनाको सहभागिता रहेको थियो । तालिम पश्चात सहभागिहरुलाई प्रति व्यक्ति १६ केजी विउ अदुवा उपलव्ध गराईएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको सहयोगमा आयोजना गरिएको तालिम परिवर्तनशिल युवा समुहको व्यवस्थापनमा सम्पन्न भएको हो ।



No comments:
Post a Comment