Tuesday, March 1, 2011

उज्यालो गाउंमा समुहमा वाख्रा उपहार

धादिङ /गजुरी गाउं विकास समितिको वडा नम्बर एक उज्यालो गाउंमा रहेको महिला समुहले आफ्नै पहलमा ागठन गरिएको दोश्रो समुहका सदस्यहरुलाई पशु उपहार दिएका छन ।
हेफर इन्टरनेशलन नेपालको आर्थिक सहयोगमा रिम्स नेपालद्धारा संचालित आयआर्जनका लागि  पशुपालन कार्यक्रम परियोजना अन्र्तगत गठन भएको गंगा महिला समुह र उक्त समुह अन्र्तगत गठन गरिएका समुहका सदस्यहरुलाई २१ वटा वाख्रा र एउटा व्याड बोका  समुहका सदस्यहरुलाई पशु उपहार कार्यक्रम अन्र्तगत हस्तान्तरण गरेका हुन । जमुना समुहकी अध्यक्ष शुशिला श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा हेफर इन्टरनेशलन नेपालका कार्यक्रम अधिकृत टुरदेव अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । पशु उपहार वितरण कार्यक्रममा समग्र विकास केन्द्रका रुद्र कोइराला,सीता अधिकारी,समाजसेवी श्याम बिसुन्के लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्थानीय जेष्ठ नागरिक ८४ बर्षिया धनकुमारी बिक र ७४ बर्षिया पुतलीमाया तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसे गरी तीन जना असाहय वाल वालिकाहरु सुजन बिक मेनुका बिक र देवकी बिक लगायतलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक प्रदान गरिएको थियो । असहाय बालवालिकालाई निरन्तर रप्ामा शैक्षिक सामाग्री दिईने जमुना आमा समहले जनाएको छ । । हेफर इन्टरनेशलन नेपालको आर्थिक सहयोगमा रिम्स नेपालद्धारा संचालित आयआर्जनका लागि  पशुपालन कार्यक्रम परियोजना लागु भएपछि २०६४ सालमा कार्यक्रमको तर्फबाट दुईवटा वाख्रा उपहार प्राप्त गरेपछि आंफुमा धेरै उत्साह जागेर अहिलेको अवस्थामा आईपुगेको र सोहि दुईवटा वाख्राले आज सम्ममा एक लाख दुई सय रुपैया आम्दानी लिन सफल भएको समुहकी सदस्य राममाया बिकले कार्यक्रममा वताउनु भएको थियो । कार्यक्रम संचालन भएपछि वाखा्र बेचेर भैसी किनेको र भैसीको आम्दानी बेचेर आंफुले घर जग्गा जोडेको बिकले वताउनुभएको रिम्स नेपालका कार्यक्रम संयोजक झम्क खडकाले जानकारी दिनुभयो । यसै गरी सकारात्मक परिवर्तनका लागि सु-नेत्तृत्वको आवश्यकता तथा महत्व र मुल्यका बारेमा जानकारी दिने उद्धेश्यले चैनपुरमा आयोजित चार दिने  आधारशिला तालिम मंगलबार  सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपाल र फोकस नेपाल धादिङको आयोजनामा भएको तालिममा चैनपुर सामुदायिक विकास परियोजना अन्र्तगत गठन गरिएका सात वटा समुहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । तालिममा उत्तरदायित्व बांडिचुंडि र उपभोगमिलीजुली स्याहार दिगोपनाआत्मनिर्भरतापशु तथा श्रेातको व्यवस्थापनआयआर्जन लगायतका बिषयमा फोक नेपालका फिल्ड संयोजक धुंवराज ज्ञवाली र सामुदायिक कायकर्ता धनकुमारी गिदेलले सहभागिहरुलाई जानकारी दिनुभएको थियो । तालिमका सहभागिहरुका बिच कार्यक्रममा उपहार आदान प्रदान समेत गरिएको चैनपुरबाट नीरमाया रानाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc