केशव अधिकारी
धादिङ १५ साउन / पहिरो झरेर वाटो रोकिएपछि धादिङको उत्तरी भेगकै सबैभन्दा विकटमा रहेको तिप्लिङ गाउँ विकास समिति वडा नम्बर ९ लिङजाका चौरी गोठका गोठालाहरु दुई दिनदेखि भोकै रहेका छन् । शुक्रबार राती धोसेनी मानेभिरबाट झरेको पहिरोले बाटो भत्काएपछि उनीहरुलाई गाउंबाट खाद्यान्न पठाउन नसकिए त्यहां रहेका सबै गोठालाहरु भोकै भएका हुन् ।

जिल्ल्ाा सदरमुकाम धादिङबेसीबाट चार दिनको पैदल यात्रा पछिमात्र पुग्न सकिने लिङ्जा गाउँ जाने एक मात्र मुलबाटो पहिरोले बगाएपछि शुक्रबार रातीदेखि नै चौरी चराउने लेकमा बसेका ६० जना भन्दा बढि गोठालाहरु घर परिवारको सम्पर्कमा आउन समेत सकेका छैनन् । घटनास्थलमा टेलिफोन र अन्य संचारको सुविधा नभएकोले उनिहरुको अवस्था बुझ्न नसकिएको स्थानीय चे घलेले वताए । लगातार परेको पानी सँगै आएको ठूलो पहिरोले लिङ्जा गाउँमा रहेको ५० रोपनी जग्गामा लगाएको आलु मकै सिमी लगायत अन्न बालि समेत नष्ट भएको छ । जिल्लाको अति विकटमा पर्ने तिप्लिङ गाविसको पनि विकटमा रहेको लिङजो बस्तिको एक मात्र मुलबाटो सहित बाबुल तातोपानी खोलामा रहेको काठे पुल समेत वाढी पहिरोले बगाएपछि स्थानीय बासिन्दालाई गाउंबाट बारि जान र सदरमुकाम धादिङवेशि आउन पनि समस्या भएको गाउंलेहरुले वताएका छन । तामाङ समुदायको बाहुल्यता रहेको लिङ्जा गाउँमा करिब ८५ घरधुरीको बसोबास रहेको स्थानीय चे घलेले वताएका छन । घटनास्थलमा अहिलेसम्म कुनैपनि उद्धार टोली र प्रहरी समेत पुग्न सकेको छैन । घटनास्थल निकै विकट र टाढा भएकाले तत्काल उद्धार टोली पठाउन नसकिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव निरिक्षक गणेश रेग्मिले बताएका छन ।

No comments:
Post a Comment