धादिङबेसी/घाँसपात र पशुपालनको दृष्टिकोणले अत्यन्तै सम्भावना वोकेको क्षेत्र हुदाहुदै पनी धादिङ जिल्लाबाट रोजगारीको लागी देशको अन्य ठाउ अथवा विदेश पलायन हुने चलन भने बढ्दै गएको छ । जिल्लामा पशुपालनको सम्भावना प्रशस्त रहेपनि केहि महिना अघि सम्म सदरमुकाममा रहेको एक मात्र पशुपती डेरीमा दैनिक १०० लिटर भन्दा वढी दुध व्यवस्थापन हुन सक्दैन्थ्यो । बजारको अभावले गर्दा सदरमकुाम आसपासका दुग्ध उत्पादक किसानहरु विहान ४ वजे देिख हातमा बाल्टिन झुन्ड्याएर धादिङवेसीवजारका होटल र कोठा कोठामा ढोका ढकढकाउन जानुपर्ने वाध्यता रहेको थियो । यसरी घर घर धाउंदा पनि उचित मुल्यको अभावले गर्दा किसानहरु दुध उत्पादन व्यवसायलाई मुख्य पेशाको रुपमा अगाल्न सकिरहेका थिएनन । केहि महिना देखि धादिङबेसीको पशुपती दुग्ध उत्पादक सहकारी संस्थामा दुग्ध व्यवस्थापन भ्याई नभ्याई हुन थालेको छ ।
साना किसानहरुका लागि बजारमा पहुँच कार्यक्रम अन्र्तगत डेरी परियोजना धादिङ जिल्लाका ९ वटा गाविसमा संचालन भएपछी जिल्लामा दुग्ध उत्पादनमा बृद्धि हुन थालेको हो । डेरी परियोजना अन्तर्गत जिल्लाका विभिन्न गाउंबस्तिका ३० स्थानमा दुध संकलन केन्द्र खुलेपछि किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थ घरवाटै विक्रि हुन थालेको हो । दुग्धजन्य उत्पादन विक्रिका लागि वजारको विकास भएपछी नजिकको संकलन केन्द्रमा दुधवेच्न पाउदा किसानको उत्पादन दैनिक १५ सय लिटर दुध धादिङवाट निकासीको सुरुवात हुन पुगेको हो । विभिन्न ठाउमा रहेका दुध संकलन कर्ता हरु छरिएर रहेको अवस्थालाई हटाउन परीयोजनाको पहलमा गाउं गाउंका दुग्ध संकलकहरु संगठीत भई दुर्गाप्रसाद लम्सालको संयोजकत्वमा जिल्ला स्तरिय सञ्जालको पनि निर्माण भएको छ ।
अहिले संजालले विभिन्न ठाउमा दुग्धको मुल्य निर्धारण गर्ने,वजार समन्वयको लागी पहल गर्ने लगायतका कार्यहरु गरिरहेको कारण किसानहरु थप उत्साहित बन्न थालेका छन । व्यवसायिक रुपमा उन्नत जातको गाई पालन गर्ने किसानहरु थपिंदै गएपछि विगतमा दुधवेच्न पाप लाग्छ भन्ने किसानहरु पनि अहीले दैनिक दुधवेच्ने र पशुपालनलाई मुख्य पेशा बनाउन थालेका छन् । अहिले धादिङमा दुग्धको मुल्य निर्धारण देखी दुध उत्पादन र वजारीकरणमा संजालले पहल गर्दै किसानहरुलाईपनि हौसला दिने काम गरेको कारण विदेश पलायन हुने युवाहरु पनि गाउँमै बसेर गाईपालनलाई अगाल्न थालेका छन ।



No comments:
Post a Comment