एशोदा नेपाल
धादिङ २० चैत ।मध्यधादिङको खाल्टे गाविस वडा न.ं ५ रामचेमा सोमबार बेलुका परेको चट्याङका कारण ८ जना घाइते भएका हुरी बताससंगै परेको चट्याङले धादिङको खाल्टे गाविस वडा नं. ५ राम्चेमा ९ जना घाइते भएका छन् भने तीन घरमा क्षति पुगेको छ ।
सोमबार बेलुका परेको चट्याङका कारण २ जना बालबालिका सहित सन्तोषी गैरीतिले र निर्मला गैरीतिले गम्भीर घाइते भएका छन् ।
चट्याङमा परेर लक्ष्मी गैरीतिले सहित ४ जना सामान्य घाइते भएको स्थानीय विष्णु ढुङ्गानाले जानकारी दिनुभयो । विक्रम नेपालीको घरमा परेको चट्याङले मुसे नेपाली र विरे नेपालीको घरमा समेत क्षति पुगेको छ । चट्याङले लागेर २ वटा बाख्रा र केही कुखुरा समेत मरेको छ । घाइतेहरुलाई राती सम्ममा जिल्ला अस्पताल धादिङबेसी ल्याइने पहल भईरहेको गाउंलेहरुले बताएका छन ।



No comments:
Post a Comment