Monday, April 2, 2012

सहकारी दिवस धादिङमा पनि मनाईयो


धादिङ, २० चैत/राष्ट्रिय सहकारी दिवसको अवसर पारेर धादिङ जिल्लाका तीन सहकारी संस्था र दुई सहकारीकर्मिलाई सम्मान गरिएको छ ।

५५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी दिवस मुल आयोजक समिति धादिङले उत्कृष्ठ सहकारी संस्थाका रुपमा थांंक्रे गाविस को सरस्वती महिला बचत तथा ऋण सहकारी संस्था ,सुनौवजार गाविसको सुनौलवजार कृषि बहुउद्धेश्यिय सहकारी संस्था र गजुरीको गजुरी महिला बचत तथा ऋण सहकारी संस्थालाई  सम्मान गरिएको हो । यसै गरि सहकारी संस्थामा रहेर उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै जिल्ला सहकारी संघका सचिव गंगादत्त तिमिल्सीना र मुलपानी कृषि बहुउद्धेश्यिय सहकारी संस्थाका व्यवस्थापक कोपिला अधिकारीलाई पनि सम्मान गरिएको थियो । धादिङ जिल्लामा अहिले ३ सय १९ भन्दा बढि सहकारी संस्थाहरु सकृय रहेका छन ।
    ‘सहकारी व्यवसायद्धारा समृद्ध नेपालको निर्माण गरौं’ भन्ने नाराका साथ देशैभरि मनाईएको ५५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमवार बिहान धादिङबेसी पुछारवजारबाट प्रभातफेरीको आयोजना गरिएको थियो । धादिङबेसी पुछारवजारबाट शुरु भएको प्रभातफेरी,शान्तवजार,बिचवजार,अस्पताल रोड हुंदै सिरानवजार पुगेर सभामा परिणत भएको थियो । सभालाई नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष मिनराज कंडेल ,ढिभिजन सहकारी कार्यालय धादिङका प्रमुख रुद्रप्रसाद पौडेल लगायतले सम्वोधन गरेका थिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc