राजेन्द्र बस्नेत
धादिङ,/पछिल्लो ३ वर्षदेखी जिल्लालाई वीउमा आत्मानिभर बनाउन कृषि विकास कार्यालयले विभिन्न संस्थाहरु, अनुभवी अगुवा कृषक, सहकारी र समुह कृषकहरु संग सहकार्य गरी वीउ उत्पादन कार्यलाई तिव्रता दिएको छ । जिल्लामा स्थानीय जातको मकै वीउ लगाई रहदा उत्पादन कमी हुने भएपछि किसानहरु लाई हाईव्रिड वीउ लगाउनबाट रोक्न ४ वर्ष भित्रमा जिल्लालाई मकैको उन्नत वीउमा आत्मानिभर बनाउन ३ वर्ष अघिबाट गैरसरकारी संस्थाहरु, कृषि सहकारी संस्थाहरु, अनुभवी अगुवा कृषक, विभिन्न कृषक समुहहरु र जिल्ला कृषि विकास कार्यालयले वीउ कार्यमा जुटेको वरिष्ठ कृषि विकास अधिकृत नीलकण्ठ पोख्रेलले बताउनुभयो ।
वीउ उत्पादन गर्ने काम आफैमा संवदनशिल त्यसमा पनि मकै झनै संवेदनशिल हुन्छ । त्यसैले जिल्ला कृषि विकास कार्यालय तथा संघसंस्थाका प्राविधिकहरुको प्रत्यक्ष सहयोगमा वीउ उत्पादन कार्य शुरु गरिएकोले आगामी वर्ष जिल्लामा एक सय मेट्रिकटन विभिन्न जातका मकैको उन्नत वीउ उत्पादन गर्ने कार्यमा कृषि विकास कार्यालय र अन्य सहकारी तथा संस्थाहरु किसान समुह मार्फत मकै वीउ रोप्ने कार्यमा जुटिसकेको कृषि प्रसार अधिकृत चक्रपाणी पन्थी बताउनुहुन्छ ।
यस वर्ष जिल्ला कृषि विकास कार्यालय तथा पहाडी मकैवाली अनुसन्धान कार्यक्रम (सिमिट) ले निलकण्ठको माथिल्लो भुलभुलेको अन्नपुर्ण विजवृद्धि कृषक समुहमा १० हेक्टर, सुनौलावजार गाविसको तारुखर्कमा ६ हेक्टर, गुम्दी गाविसमा २ हेक्टरमा रामपुर कम्पोजिट, अरुण २, मनकामना ३, गणेश १ जातका मकै लगाईएको छ । त्यसै गरी कार्यालयको नियमित कार्यक्रम अन्तरगत सुनौलावजार कृषि सेवा केन्द्र अन्तरगत १ हेक्टर, खहरे सेवा केन्द्र अन्तरगत ३ हेक्टर, मैदी कृषि सेवा केन्द अन्तरगत ३ हेक्टर, वेनिघाट कृषि सेवा केन्द्र अन्तरगत डेढ हेक्टर, गजुरी कृषि सेवा अन्तरगत आधा हेक्टरी, दार्खा कृषि सेवा केन्द्र अन्तरगत १ हेक्टरमा लेक देखि वेशीसम्म वीउ लाग्ने जातका मकै वीउ उत्पादन कार्यका लागि वीउ किसानकोमा पु¥याई सकेको प्रसार शाखामा कार्यरत प्राविधिक ध्रुव आचार्यले जानकारी दिनुभयो । स्थानीय जातको तुलनामा उन्नत वीउ लगाउंदा १५ देखी २० प्रतिशतसम्म बढी उत्पादन हुने भएकोले सवै किसानकोमा उन्नत वीउ पु¥याउन सके खाद्य सुर क्षामा सहयोग पुग्ने कृषि प्रसार अधिकृत पन्थीले बताए । पछिल्लो समयमा स्थानीय वीउहरु लोप हुदंैं गएकाले संरक्षण अभियान नै सञ्चालन गरि जिल्लामा वीउ वैंक सञ्चालन गर्नु पर्ने त्यसो नगरिएमा हाईव्रिडको वाहुल्यता बढ्दै जाने आचार्यले बताउनुभयो ।
साना किसान कृषि जिल्ला सहकारी संघ र यूनाइटेड मिसन टु नेपाल धादिङको साझेदारीमा सञ्चालित वीउविजन उत्पादन कार्यक्रमबाट स्थानीय साना किसान सहकारीहरुले कल्लेरीमा साढे तीन हेक्टर, केवलपुरमा ५ हेक्टर, कुम्पुरमा डेढ हेक्टर क्षेत्रफलमा मकैको वीउ उत्पादन कार्य अन्तिम चरणकामा पुगेको संघका कृषि प्रविधिक कमला हुँमागाइले जानकारी दिनुभयो ।
वन तथा वातावरण संरक्षण समाज (फेप्स) र पहाडी मकैवाली अनुसन्धान कार्यक्रम (सिमिट)को साझेदारीमा साना किसान कृषि सहकारी संस्था मैदी र ढोलामा १२ हेक्टर क्षेत्रफलमा मकै वीउ उत्पादनको तालिम सम्पन्न भएको साना किसान कृषि सहकारी संस्था मैदीका प्रवन्धक बद्री तिवारीले वताउनुभयो । जिल्लाका ४६ गाविस र नगरपालिका क्षेत्रमा गरी मकै वालीको क्षेत्रफल १९४६८ हेक्टर रहेको त्यस क्षेत्रफलका लागी ३ सय ९० मेट्रिकटन वीउ लाग्ने र ३१ हजार ३ सय ४४ मेट्रिकटन उत्पादन हुने र जिल्ला लाई आवश्यक वीउ उत्पादन गर्न अहिलेकै अवस्था रहे अव ४ वर्ष लाग्ने कृषि प्रसार अधिकृत पन्थीको भनाई छ ।



No comments:
Post a Comment