धादिङ,/बुधवार काठमाण्डौ बाट धादिङवेसी आउंदै गरेको यात्रुवाहक माईक्रोवसमा झोला भित्र राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारिदिएको छ । बम फेला परेको खवर सुन्दा सामान्य रुपमा लिनेहरु सेनाले उक्त बम विष्फोट गराएपछि भयभित हुन पुगेका थिए । श्री नम्बर ६ बाहिनी अड्डावाट सांझ आठ वजे मात्र धादिङबेसी आईपुगेको तालिम प्राप्त नेपाली सेनाको एक टोलीले राती अवेर लगाएर दुईवटा बम विष्फोट गराएको थियो । फरक फरक समयमा शक्तिशाी आवाजमा दुईवटा बम पडकिएपछि सदरमुकामवासी आतंकित हुन पुगेका थिए । सुमन नाममा बा २ ख ४१२६ नम्बरको हाईसको ९ नम्बरको सिटको टिकट लिएर सिटमा छाडेर गएको झोला सदरमुकाम सम्म आईपुग्दा पनि कसैले दावी नगरेपछि प्रहरीले उक्त वेवारिसे झोलामा खानतलासी गर्दा बम भेटिएको हो ।
काठमाण्डौबाट धादिङवेसी आउंदै गरेको माईक्रोवसमा बम राखिएको खवर आएपछि प्रहरीले प्रत्येक माइक्रोवसमा चेकजांच गरेको थियो । चेक जांचका क्रममा धादिङवेसी पुछारवजार स्थित पुलचोकमा रहेको प्रहरी विटमा दिउंसो २.४५ वजेतिर उक्त माईक्रोवसबाट शंकास्पद झोला बरामद गरेको हो । दिउंसो देखि फेलापरेको वम विष्फोट गराउन स्थानीय प्रशासन र प्रहरीले ढिलाई गर्दा सदरमुकामवासी त्रसित हुन पुगेका छन ।
बम रहेको भनिएको झोलावाट नेपाल कम्युनिष्ट पार्टी (पिपुल्स वार ग्रुप) लेखिएको हातेपर्चा फेला परेको छ । झोलामा बम राख्ने समुहको नाम यस अघि कहिल्यै नसुनिएको पनि प्रहरीले जनाएको छ । महामन्त्री रणवीरका नाममा छापिएको सो पर्चामा जनयुद्ध जारी छ, मालेमाबाद जिन्दावाद, लगायतका नाराहरु लेखिएका छन् । भेटिएको बम जनजिवन आतंकित बनाउने उद्देश्यले छाडिएकोे प्रहरीले अनुमान गरेको छ । यसैबिच नेत्रावतीलाई बिशेष श्रोतबाट प्राप्त भएको जानकारी अनुसार नेकपा (पिपुल्स वार ग्रुप) मा संलग्न भएकाहरु यस अघि माओवादी पार्टीको विभिन्न जिम्मेवारीमा रहि सकेको व्यक्तिहरु रहेका छन । उक्त पार्टीको महामन्त्री भनेर प्रचार गरिएका व्यक्ति नुवाकोट जिल्ला बालकुमारी गाविस वडा नम्बर ७ का ३० बर्षिय कमल खतिवडा भएको बिशेष श्रोतले वताएको छ । रणवीर तथा मनिष भनेर प्रचार गरिएका खतिवडा २०५५ सालदेखि अखिल क्रान्तिकारीमा सक्रिय व्यक्ति हुन ।
बुधवार मात्र चर्चामा आएको नेकपा (पिपुल्स वार ग्रुप)मा आवद्ध रहेका अधिकांश व्यक्तिहरु माओवादी पार्टीको विभिन्न जिम्मेवारीमा रहि सकेका व्यक्तिहरु रहेको बुझिएको छ । उक्त समुहमा २०६१ सालमा तत्कालिन नेकपा माओवादीको नुवाकोट जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी सम्हाली सकेका नुवाकोट जिल्ला हल्देकालिका वडा नम्बर ८ का समिप र मुक्ती भनिने रजमान तामाङ समेत रहेका छन । तामाङलाई पिपुल्स वार ग्रुपको उपत्यका इन्चार्जको जिम्मेवारी दिईएको र निजकै निर्देशनमा बुधवार नुवाकोट,धादिङ र काठमाण्डौमा समेत बम आतंक मच्चाईएको पनि श्रोतहरुले वताएका छन । यसै गरि उक्त समुहमा सक्रिय रहेका अर्का व्यक्ति पनि नुवाकोट जिल्लाकै राउतेवेसी गाविस वडा नम्बर ६ का अजय भनिने चुडा मोक्तान भएको तथ्य फेला परेको छ । मोक्तान पनि २०५५ सालदेखि अखिल क्रान्तिकारीमा सक्रिय भएका हुन । विगतमा माओवादी पार्टीको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु मिलेर गठन गरिएको पिपुल वार ग्रुपको कुनै किसिमको राजनैतिक तथा कानूनी हैसियत भने नरहेको र संगठनमा आवद्ध व्यक्तिहरु हाल माओवादीको कुन जिम्मेवारीमा रहेका छन भन्ने पनि खुल्न सकेको छैन ।



No comments:
Post a Comment