Thursday, April 19, 2012

बम विस्फोटमा ज्यान गुमाएकाका परिवारलाई राहत


केशव अधिकारी
 धादिङ, बैशाख ७ – गएको फागुन १५ गते काठमाडौको बबरमहलमा भएको वम बिस्फोटमा ज्यान गुमाएका धादिङ बैरेनीका दुई परिवारलाई नेपाल तामाङ राष्ट्रिय महासंघले राहत दिएको छ । दोहा इन्टरनेशनल एयरपोर्टमा कार्यरत महासंघका सदस्य शन्देश तामाङले संकलन गरेर पठाएको ५७ हजार ३ सय ९० रुपैयाँ बुधवार दुई परिवारलाई बितरण गरिएको हो ।

महासंघका महासचिव श्याम तामाङ सहितको टोलीले पीडित परिवारलाई राहत दिएको हो । राज्यले घोषणा गरेको राहत उपलव्ध गराउन दवावमुलक अभियान सञ्चालन गर्ने महासचिव तामाङले बताउनुभयो ।
बबरमहलको आयल निगम कार्यालय अगाडि भएको वम विस्फोटमा बैरेनीका कृष्णबहादुर र मानबहादुर तामाङले ज्यान गुमाएका थिए । उनीहरुलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ राहत अझै पाउन सकेका छैनन् । कमाई गर्ने मानिसको ज्यान गएपछि कमजोर आर्थिक अवस्थाका उनीहरुको परिवारको दैनिक जीवन कष्टकर भएको छ भने वालवालिकाहरु पढाउन समस्या भएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc