Thursday, April 19, 2012

बबरमहल विस्फोटमा मारिनेको काजकिरिया अझै सकिएको छैन



ज्ञान न्यौपाने, 
कार्कीडाँडा (धादिङ), वैशाख ७- 
करिब दुई महिनाअघि राजधानीको बबरमहल बम विस्फोटमा ज्यान गुमाएका मानबहादुर तामाङको काजकिरिया अझै सकिएको छैन। धादिङ बैरेनीबाट तीन घन्टा पैदल यात्रामा पुगिने कार्कीडाँडास्थित घरमा उनका जेठा छोरा मिलन दुई भाइसँग सेतो लुगा लगाएर बसिरहेका छन्। ज्यामी काम गर्ने यी दाजुभाइ तामाङ परम्पराअनुसार काजकिरिया गर्न धेरै खर्च लाग्ने हुँदा पैसा नभएर अड्केको बताउँछन्। 'हाम्रो परम्पराअनुसार गाउँले, आफन्तहरूलाई डाकेर भोज खुवाउनुपर्छ, धेरै पैसा लाग्छ,' उनले बुधबार नागरिकसँग भने, 'पैसा नभएर किरिया गर्न पाएका छैनौं।' विस्फोटमा मारिएकाका परिवारलाई सरकारले तत्काल राहत दिने घोषणा गरे पनि कार्यान्वयन नभएको उनले बताए।

फागुन १५ गते काठमाडौं बबरमहलस्थित आयल निगम अगाडी भएको विष्पोटमा मारिएका धादिङ, बैरेनी १, कार्कीडाँडाका दुइ परिवारलाई ५७ हजार दुइ सय ९३ रूपैयाँ नगद खाडी मुलुक कतारमा काम गरिरहेका सन्देश तामाङको टोलीले प्रदान गरेको छ। विदशमै रहेका उनीहरूको सहयोगलाई बुधबार नेपाल तामाङ राष्ट्रिय महासंघले गाउँमै गएर रकम प्रदान गरेको हो।

हाल दोहास्थित 'न्यू दोहा इन्टरनेसनल एरपोर्ट' मा कार्यरत महासंघमा आबद्ध उनले कतारमा कामगर्ने ८४ नेपालीहरूबाट सङकलन गरेका हुन्। धादिङ जिल्लाकै अतिविकट क्षेत्रमा वसोवास गर्दै आएका कृष्णबहादुर तामाङ र मानबहाुर तामाङको परिवारलाई रकम आधाआधा बाँडेर प्रदान गरिएको छ।
(नागरिक न्युज डट कम बाट )

त्यही घटनामा ज्यान गुमाएका कृष्णबहादुरकी श्रीमती गोमाले किरियामै दुई लाख रुपैयाँ खर्च भएको बताइन्।

र मानबहादुरकी सानुकान्छी तामाङलाई रकम प्रदान गरियो। रकम लिएपछि कृष्णबहादुरकी श्रीमतीले क्रिरिया गर्दा दुई लाख लागेको प्रतिक्रिया दिइन्। 'बाबुको बारेमा छोराछोरी सोधिरहन्छन्, मैल केही बोल्न पाउँदिन सरकारले जसरी पनि दिनुपर्छ नत्र मैले परिवार पाल्न पनि गाह्रो छ र यै क्रण तिर्न पनि असम्भव छ,' आखामा आसु राख्दै उनले भनिन्, 'आजको रकमले केही राहत पुग्छ तर एक महिना पनि टिक्न गाह्रो छ ।' जग्गा केही नभएकी उनका ११ वर्षिय एक छोरी साथै नौ र पाँच वर्षिय छोरा रहेका छन्।

धादिङ बैरेनीबाट तीन घण्टाको पैदल यात्रामा पुगिने गाउँमा अहिलेसम्म विद्युको पनि पहुँच छैन। सर्वसाधरण जोखिमयुक्त कच्ची सडकमा यात्रा गर्न बाहध्य हुनुपर्छ। जहाँको विकटताले यी परिवारका कसैले पनि पढ्न नपाएका कारण पनि खासै आम्दानी गर्न सकेका छैनन्।

रकम बाडिएको स्थानबाट करिब डेढ द्दण्टाको उकालो यात्रामा पुगिने मानबहादुरको घर नजिकै वासेवास गर्ने शुक्रबहादुर तामाङ उक्त परिवार साह्रै न्यून पारिवारिक स्थिती नभएका कारण क्रणमाग्ने क्षमामा पनि नरहेको बताउँछन्। उनले भने 'जेजस्तो खाइबसेका छन् त उनीहरू ज्याला मजदुर िगर्ने भएका कारण कहिलेकाही त खान पनि मुस्किल पर्ने गर्छ।'

कृष्णबहादुरको परिवारका छिमेकी कृष्ण कुवरले उनीहरूको स्थिती पनि ज्यादै नाजुक भएको बताए। उनले भने, 'गाउँलेसँग लिएको ऋण तिर्न फाइन्यान्समा काड्न गएका उनको नै निधन भएपछि परिवार विचल्लित भएको छ।'

यसअघि श्री साइ समाज सेवा निधि ललितपुरले करिब एक महिना अघि कृष्ण बहादुरको परिवारलाई नगद २५ हजार रुपैया उपलब्ध गराएको थियो।

'उहाहरूको आर्थिक अवस्था हेरेर कतारबाटै उनीहरूलाई दिन अग्रह भएअनुरार हामीले प्रदान गरेका हौं,' महासंघका महासचिव श्यामतामाङले रकम प्रदान गरेपछि सञ्चारकमीसँग भने, 'यो हाम्रो पहिलो चरणको सहयोग हो, दोस्रोचोटिको राहत कार्यक्रममा वैशाख मसान्तमा लत्ताकपडा लगायतका सामाग्री करिब ७० हजार बराबरको सामाग्री प्रदान गछौं।'
नेपाली पनि राम्रोसँग बोल्न नसक्ने उक्त परिवारको पारिवारिक स्थिती अत्यन्तै नाजुक भएका कारण उप्रदान गरिरएको र थप सामाग्रि पनि दिने प्रतिबद्धता महासचिव तामाङले गरे। उनले भने, 'विदेशमा रहेका तामाङ समुदायको माध्यमबाट नेपालीसँग सहयोग मगेर थप सहयो पनि गर्ने तय भैसकेको छ।'

सरकारले केही नहेरिरहेको अवस्थामा यो एक दवा पनि भएको उनको भनाइ छ। पिडित पक्षका लागि राहतका लागि महासंघ जस्तोसुकै काम गर्न सक्ने भन्ने बैशाख भित्रमा प्रति मृतक परिवार १०/१० लाख दिनुपर्ने माग उनले उठाए।

कृष्णबहादुर तामाङ र वीरबहादुर तामाङ घटनास्थलमै, ७० वर्षका मानबहादुर तामाङको उपचार क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। महासंघले दोस्रो सहयोगअन्तर्गत मानबहादुरलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विस्फोटमा बाराका सोमबहादुर तामाङ, भक्तपुरका रघुनाथ खड्का, धादिङका लालबहादुर तामाङ, ललितपुर लुभुका बासु श्रेष्ठ, अछामका मानबहादुर कु"वर र भीमबहादुर कु"वर घाइते भएका थिए। यसअघिका घटनामा राजनीतिक दबाबबीच विरोध साम्य पार्न गृह मन्त्रालयले पीडित परिवारलाई तत्काल राहत दि"दै आएको छ।

बबरमहल विस्फोटमा मारिएकाहरू निम्न आथिर्क हैसियतका रहेका कारण कृरियाखर्च नपाएकोले मानबहादुरको परिवारले अझैसम्म क्रिया समेत गर्न पाएको छैन भने कृष्णबहादुरको परिवारले दुइ लाख क्रण लगाएर बसेको छ, जसको खर्च जुटाउँन उनीहरूलाई असम्भव छ।

अहिलेको रकम हातमा थमाइदिएपनि त्यसको गलत प्रयोग गहोस भन्नका लागि महासंघले दुबैका श्रीमतीको नाममा बैङकमा राखिदिने पनि महासचिव श्यामले बताए। उनले भने, 'यसअघिका राहत कार्यक्रममा परिवारले जाँड रक्सीका लागि प्रयो गरेकाले अहिले हामी सतर्क हुन्छौं।'

No comments:

Post a Comment

vfhcnbn

vggc