Wednesday, April 25, 2012

गुम्बाडांडामा नेतृत्व विकास तालीम


भूमेस्थान ÷ सामुदायिक संस्थाका पदाधिकारीहरुकोे लागि क्षमता विकासमा सघाउ पु¥याउने उद्धेश्यले आयोजना गरिुउको नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम भूमेस्थान गाविसको वडा नं ४ गुम्बाडाँडामा  सम्पन्न भएको छ ।
    प्रयास नेपाल र गरिवि निवारण कोषको साझेदारीमा संचालित सामुदायिक विकासका लागि शसक्तिकरण कार्यक्रम अन्र्तगत  भूमेस्थान गाविस गठित ९ वटा सामुदायिक संस्थाका अध्यक्ष,सचिव र कोषध्यक्ष सहित २७ जनाको सहभागीता रहेको थियो । तालिममा गरिबी निवारण कोषको कार्यक्रम संचालन प्रक्रिया,बैठक निर्णय लेखन,नेतृत्व विकास,सामुदायिक संस्था गठन र परिचालन,अध्यक्ष,सचिव र कोषाध्यक्षको काम कर्तव्य र भमिका,सामुदायिक संस्थाको आवश्यकताहरुको प्राथमिकिकरण,दिगोपना,स्थानीय स्रोत परिचालन,शसक्तिकरण बारेमा जानकारी गराईएको थियो ।  तालीममा  प्रयास नेपालका कार्यक्रम संयोजक सुनिता कडेल र  सामाजिक परिचालक गोमा तामाङले सहजिकिकरण गर्नु भएको थियो । तालीम पछि सामुदायिक संस्थाहरुको नियमित बैठक संचालन तथा समुदाय परिचालनमा सहज हुने सहभागीहरुको भनाई रहेको छ । हाल सम्म भूमेस्थान गाविसमा १७ गठन भई आय आर्जन र पूर्वाधारका कार्यक्रम संचालन भएकोे कार्यक्रम संयोजक सुनिता कडेलले जानकारी  दिनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc