Wednesday, April 25, 2012

विद्यालय भर्ना अभियानमा बाल क्लब र महिला समूहको सक्रियता


धादिङ÷धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने चेपाङ,राई तथा तामाङहरुको बाहुल्यता रहेको पिडा तथा महादेवस्थान गाविसका विभिन्न विद्यालयहरुमा हाल विद्यालय भर्ना तथा बिद्यालयमा स्वागत कार्यक्रम बालक्लब तथा महिला समूहको सक्रियतामा अभियानको रुपमा सञ्चालन भईरहेको छ ।
यसै सन्दर्भमा पिडा गाविस सरस्वती प्रा.वि, मानेभन्ज्याङ प्रावि, बाघ सुन्दर प्रावि, महादेव प्रावि, भानुभक्त मावि, डोल भन्ज्याङ मावि, ओइले प्रावि, पुकुन प्रावि र जनचेतना प्राविले विद्यालय भर्ना अभियानलाई केन्द्रित गरेर आफ्ना सेवा क्षेत्रका बालबालिकाको तथ्याँक संकलन गर्ने र बिद्यालय आउने उमेरका बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गर्न बालक्लब महिला समूह,शिक्षकहरुको संयुक्त टोलिद्धारा टोल टोलमा सचेतना कार्य भैरहेको छ । यसै गरि महादेवस्थान गाविसको घैराङ प्रावि, पन्चकन्या प्रावि, पिपलभन्ज्याङ मावि, प्रजा प्रावि, देउराली प्रावि, बागेश्वरी प्रावि, लवाङ प्रावि, कुन्चुरुङ प्रावि, महादेवस्थान प्राविले पनि आफ्ना विद्यालय सेवाक्षेत्रका बालबालिकाको तथ्याँक संकलन गर्ने कार्य गरिरहेको छ। “विद्यालयहरुमा दोहारो भर्ना तथा ड्रपआउट अत्याधिक रहेकोले उक्त कार्यको न्युनिकरण गर्न यो तथ्याँक संकलन कार्यले मद्धत पुरयाउने स्थानीय शिक्षक कमल डल्लाकोटीले बताउनु भयो । ‘‘हामीले तथ्यांक संकलनको लागि फाराम तयार पारि विद्यालयमा वितरण गरेका छौं र विद्यालयहरुबाट त्यहि अनुरुप  कार्य गरिरहेको छ ।” बागेश्वरी उच्चमावि स्रोत केन्द्रका सा्रेत व्यक्ति बसन्त सिलवाल बताउनु हुन्छ ।बिद्यालयहरुले भर्ना अभियान मात्र संचालन नगरि बिद्यालयमा बालबालिकाहरुको लागि बसाई व्यवस्थापन,शिक्षकहरलाई बाल शुलभ व्यवहार सम्बन्धि तालीम दिने र बालमैत्री बातावरण बनाईएको छ  । पिडा तथा महादेवस्थान गाविसका विद्यालयहरुमा विद्यालय भर्ना तथा स्वागत अभियान गर्न जिल्ला शिक्षा कार्यालय धादिङसंगको समन्वयमा प्रयास नेपालद्धारा युनाइटेड मिसन टु नेपालसंगको साझेदारीतामा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोग रहेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc