बैरेनी/ राजमार्गमा हुने लामो बन्दका कारणले यात्रुले भोग्नुपर्ने समस्याहरुमा अबदेखि केहि मात्रामा कमी आउने भएको छ । बन्दको मार खेपेर सास्ती व्यहोर्दै आएका यात्रुहरुले आगामी दिनमा राजमार्गमा बन्दमा कमी आइ सहज रुपले यात्रा गर्न पाउन भन्दै राजमार्ग सामुदायिक मध्यस्थकर्ताको तयार पारिएपछि यस्तो अपेक्षा गरिएको हो ।
परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपाल र युएमएन धादिङ क्लस्टरको साझेदारीमा संचालित सडक सुरक्षा र शान्ति निर्माण कार्यक्रम अन्तरगत मध्यस्थता सम्बन्धी तीन दिने तालिमका सहभागिहरुले राजमार्गलाई बन्द मुक्त बनाउन आफूहरुले सक्दो पहल गर्ने बताएका हुन । धादिङ जिल्लामा पर्ने नौबिसेदेखि मौवाखोलासम्मको सडक क्षेत्र, चितवन जिल्लाको मौवाखोलादेखि नारायणघाट सम्मको सडक क्षेत्र र तनहुँ जिल्लाको मुगलिनदेखि दमौलीसम्मको सडक क्षेत्रका २७ जनाले मध्यस्थता तालिम लिएका छन । मध्यस्थताको सेवाबाट राजमार्गमा लामो बन्द नहुने र बन्द भइहालेपनि केही ससमयमै मध्यस्थकर्ताहरुको पहलमा बन्द खोलिने भएकोले राजमार्गमा बन्द कम हुने कोसोक नेपालका अध्यक्ष बोधनारायण श्रेष्ठले बताउनुभयो ।
सामान्य घटनामा पनि राजमार्गमा लामो बन्द हुने र यात्रुहरुले धेरै दुःख पाउने गरेका कारण यात्रु, विरामी,हरुको समस्यालाई ध्यानमा राखेर सम्बाद, वार्ता तथा मध्यस्थता सेवा सुरु गरिएका कारण यस क्षेत्रमा हुने बन्दबाट यात्रु र विरामीहरुले राहत पाउने अपेक्षा गरिएको पनि श्रेष्ठ बताउनुहुन्छ । तालिममा धादिङ, चितवन र तनहुँ जिल्लालाई कार्यक्षेत्र बनाउने प्रहरी, सामाजिक संघसस्थाका व्यक्तिहरु र राजमार्ग क्षेत्रमा बसोबासगर्ने २७ जनाको सहभागिता रहेको थियो ।
अम्बिका पोख्रेलले सहजीकरण गर्नुभएको तालिम समापनको अवसरमा प्रमाणपत्र वितरण गर्दै कोसोक नेपालका उपाध्यक्ष सीताराम अधिकारी र सहजकर्ता पोख्रेलले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । राजमार्ग क्षेत्रमा यसअघि २३ जना राजमार्ग मध्यस्थकर्ताहरु रहेका थिए भने हाल २७ जनाले मध्यस्थकर्ताको तालिम लिएका छन् । कोसोक नेपालको सक्रियतामा गजुरीमा उद्धार श्रोतकेन्द्र, ४८ जना राजमार्ग स्वयमसेवकहरु, १३ जना राजमार्ग आकस्मीक उद्धारकर्ताहरु क्रियाशिल रहेका छन् भने १ सय ७५ विद्यालयले सडक र सुरक्षा बिषयक स्थानीय तहको पाठ्यक्रम पढाउंदै आईरहेका छन ।
परिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपाल र युएमएन धादिङ क्लस्टरको साझेदारीमा संचालित सडक सुरक्षा र शान्ति निर्माण कार्यक्रम अन्तरगत बैरेनीमा आईतवार देखि सञ्चालन गरिएको तीन दिने तालिममा वार्ता, सम्बाद र मध्यस्थता सम्बन्धी बिषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो ।



No comments:
Post a Comment