Thursday, May 24, 2012

धादिङका एघार बिद्यालयमा बिद्यार्थी अभाव



धादिङ/ सामुदायिक बिद्यालयका शिक्षकहरुवाटै गाउं गाउंमा निजी बिद्यालयको स्थापना हुने क्रम बढ्न थालेपछि सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या बर्षेनी घट्दै जान थालेको छ ।
सामुदायिक बिद्यालयका प्रधानाध्यापक देखि शिक्षकहरु समेतको लगानीमा गाउं गाउंमा निजी बिद्यालय स्थापना हुन थालेपछि सामुदायिक बिद्यालयमा बिद्यार्थीको अभाव हुन थालेको हो । यसरी बर्षेनी बिद्यार्थी संख्या निकै कम हुन थालेपछि  जिल्लाका ११ वटा बिद्यालयलाई नजिकका बिद्यालयहरुसंग समायोजन गर्न जिल्ला शिक्षा कार्यालय धादिङले प्रकृया अघि बढाएको छ ।
    बिद्यालयका रुपमा संचालन हुनका लागि कक्षा ३ सम्मको पढाई हुने बिद्यालयमा कम्तिमा ३९ जना,५ कक्षा सम्मको पढाई हुने बिद्यालयमा कम्तिमा ६५ जना बिद्यार्थी हुनुपर्ने व्यवस्था रहेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । विभागको परिपत्रमा कक्षा ३ सम्म पढाई हुने बिद्यालयमा ९० जना बिद्यार्थी हुनुपर्ने र त्यस्ता बिद्यालयमा २ जना शिक्षकको दरवन्दि व्यवस्था गरिने वताईएकाले बिद्यार्थी संख्याको तुलनामा धेरै शिक्षक भएका बिद्यालयहरुवाट शिक्षकलाई अन्यत्र सारिने तयारी पनि भईरहेको धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले वताउनुभयो । मापदण्डमा तोकिए वमोजिम बिद्यार्थी नभएका बिद्यालयहरु छिमेकका बिद्यालयसंग समायोजन गर्न विभागले निर्देशन दिएपछि जिल्ला शिक्षा कार्यालयले समायोजन प्रकृया शुरु गरेको हो ।
    धादिङ जिल्लामा अहिले प्राथमिक चार सय १९,निमावि ९०,मावि ९१ उच्च मावि ४८ समेत गरि ६ सय ४८ वटा सामुदायिक बिद्यालय संचालनमा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा संचालनमा रहेका मध्ये भुवन निमाावि र चन्द्र प्रा.वि.छत्रेदेउराली,दुईखोलीप्रा.वि.केवलपुर,जलदेवी प्रा.वि.किराञ्चोक,चन्द्रादेवी प्रा.वि सत्यदेवी,भैरवी प्रावि.कुम्पुर,खानीगाउं प्रा.वि र सुन्दरादेवी प्रा.वि नीलकण्ठ,,लिट्टिल स्टार प्रा.वि,साङकोष,भैरबी प्रावि ढोला,महादेवस्थान प्रावि नलाङमा हरेक वर्ष भर्ना हुने बिद्यार्थीको  संख्या घटदै गएपछि बिद्यालयलाई समायोजन प्रकृयामा लैजानु परेको शिक्षा कार्यालयले जनाएको छ ।
    समायोजन प्रकृया अघि बढेका बिद्यालयहरु नजिकैको बिद्यालयमा गाभिने र शिक्षकहरु आवश्यकता अनुसार विभिन्न बिद्यालयमा खटाईने तयारी भईरहेको पनि जिल्ला शिक्षा अधिकारी सुवेदीले बताए । धादिङ जिल्लामा रहेका बिद्यालयहरुमा अहिले आठ सय ११ जना न्युनतम दरवन्दिका शिक्षकहरुको आवश्यकता रहेको शिक्षा अधिकारी सुवेदीले बताउनुभयो ।   

No comments:

Post a Comment

vfhcnbn

vggc