धादिङबेसी/धादिङ जिल्लाको सदरमुकाम क्षेत्रमा बिद्युत्त र टेलिकमको सेवा प्रभावकारी बन्न नसक्दा उपभोक्ताहरु मर्कामा परेका छन । केहि समय यता धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र जिल्लाका अन्य क्षेत्रमा बढ्दै गएको बिद्युत्त र टेलिफोन सेवामा देखिएको पटक पटकको अवरोधका कारण सदरमुकामवासी उपभोक्ताहरु समस्यामा परेका छन ।
केहि समय यता सदरमुकाम धादिङबेसी क्षेत्रमा दिनंहु सयौं पटक भन्दा बढि बिद्युत्त अवरोध भईदिंदा वजार क्षेत्रका उद्योग व्यवसाय,विभिन्न संचार माध्यमहरु नराम्रो संग प्रभावित हुने गरेका छन । बिद्युत्त प्रवाहमा समस्या उत्पनन भए संगै जिल्ला सदरमुकाम धादिङबेसी र आसपासका टेलिफोन,मोवाइल र एडिडिएसएल इन्टरनेटमा समेत अवरोध देखिने गरेको छ । धादिङ जिल्लामा नेपाल टेलिकमवाट बितरित एडिडिएसल,मोवाइल,साधारण लाइन फोन,सिडियम फोन मोवाइल संञ्चालनमा रहेको छ । नेपाल टेलिकम वाहेक, वेभसर्फर,सुविसु,युटिएल,एनसेल लगायतका कम्पनिवाट बितरित इन्टरनेट सञ्चालनमा रहेपनि सेवा भने गुणस्तरिय नभएको उपभोक्ताको गुनासो छ । तोकिएको शुल्क तिरेर पनि सदरमुकामका उपभोक्ताले निर्वाध रुपमा बिद्युत्त र दुरसंचारका सेवाहरु उपभोग गर्न नपाएको आम उपभोक्ताको गुनासो छ ।
सदरमुकामको वजार क्षेत्रमा बढ्दै गएको बिद्युत्त समस्या समाधानका लागि आंफुहरुले पटक पटक पहल गरेपनि वजारको मुख्य ट्रान्सफर्मरमा देखिएको समस्याले वजार क्षेत्रमा केहि दिन देखि बिद्युत्त अनियमित हुन पुगेको नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाले जनाएको छ । वजार क्षेत्रको पुछारवजार गणेशमार्ग क्षेत्रमा बिद्युत्त सेवा प्रभावकारी नहुंदा यहांका उपभोक्ताले दिउंसोको समयमा कम्प्युटर चलाउन नपाएको वर्ष वितेपनि उपभोक्ताको गुनासो समाधानका लागि नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखाले कुनै चासो देखाएको छैन । लगायतका समस्या बढेपछि नेपाल टेलिकमको सेवाहरुपनि नियमित हुन सकेका छैनन ।



No comments:
Post a Comment