धादिङ,१२ चैत/ धादिङ र नुवकोट जिल्लाको सिमानामा पर्ने धादिङ जिल्लाको उत्तरी भेगको कटुन्जे गाउँ विकास समितिको वडा नं. १ भ¥याङभुरुङमा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।
स्थानीय जालपादेवी सामुदायिक संस्थाको अगुवाईमा निर्माण गर्न लागिएको उक्त स्वास्थ्य चौकी भवनको बिहिबार स्थाानीय पंण्डित नारायण प्रसाद न्यौपानेले सिलान्यास गरेका हुन । स्वास्थ्य चौकी निर्माण भएर सेवा शुरु भएपछि धादिङ जिल्लाको कटुन्जे, धुवाकोट, सेमजोङ र नुवाकोट जिल्लाको सामरी गाविसका सर्वसाधरणले स्वास्थ्य सेवा लिनका लागि दिनभरिको वाटो हिड्नुपर्ने बाध्यता हट्ने जालपादेवी सामुदायिक संस्थाका दिपक अधिकारीले बताए ।
स्वास्थ्य चौकी भवन निर्माण र एम्बुलेन्स खरिदका लागि जालपादेवी सामुदायिक संस्थाको पहलमा उक्त क्षेत्रमा गत बर्षको पौष १२ गते देखि १९ गतेसम्म श्रीमद् भागवत सप्ताह धन धान्यान्चल ज्ञान महायज्ञ लगाई करिव नगद रु. ४ लाख र जिन्सी (जग्गा, अन्न तथा काठपात) झण्डै २० लाख जम्मा भएको बताईएको छ । महायज्ञवाट संकलित रकमलाई सदुपयोग गरि भवन निर्माण गर्न लागिएको पनि सामुदायिक संस्थाले जानकारी दिएको छ । भवन निर्माणको लागिसंस्थाका सदस्य पोषकबहादुर अधिकारीको संयोजकत्वमा १३ सदस्यिय भवन निर्माण समिति समेत गठन गरिएको छ ।
संस्थाले तय गरेको स्वास्थ्य चौकी भवन निर्माण र एम्बुलेन्स खरिद गर्ने अभियानमा धादिङ जिल्लाका ३ गाविस र नुवाकोट जिल्लाको सामरी गाविसका मानिसहरु एकजुट वनेका छन् । समुदायस्तरवाट स्वास्थ्य चौकी भवन निर्माणका लागि अभियान शुरु गरिएपनि सरकारी कार्यालय उदासिन र मौन बसेकाले काम सम्पन्न गर्न सकिने कुरामा ढुक्क बन्न नसकिएको निर्माण समितिका संयोजक अधिकारीको गुनासो छ । भवन निर्माणमा सहयोगको लागि सरकारी तथा अन्य संघसंस्थासँग आग्रह गरेका छौं, जनतालाई प्रत्यक्ष सहयोग पुग्ने विकास निर्माणको काममा सबैबाट सहयोग हुने बिश्वास रहेको अधिकारीले बताए ।
जालपादेवी सामुदायिक संस्था गरिवी निवारण कोषको सहयोग र एकिकृत सामुदायिक विकास अभियानको सहजिकरणमा २०६६ सालमा स्थापना भएको हो । कोषको सहयोग रएकिकृत सामुदायिक विकास अभियानको सहजिकरणमा उक्त संस्थाले कटुन्जे गाविस वडा नं. १ भ¥याङभुरुङ वस्तीका आफ्ना सदस्यहरुको लागि आयआर्जन र समुदायमा साना भौतिकपूर्वाधार निर्माण कार्य समेत गरिरहेको संसथाका स्थानिय सामाजिक परिचालक कमल प्रसाद भट्टले बताए ।



No comments:
Post a Comment