Friday, May 25, 2012

आयआर्जनका लागि बिउ पूंजि हस्तान्तरण



धादिङ, १२ जेठ/ आर्थिक रुपले विपन्न महिलाहरुको दिगो आयआर्जनका लागि श्रोत व्यवस्थापन गर्न सघाउ पु¥याउने उद्धेश्यले ५० जना विपन्न महिलालाई  विउपूजिं आर्थिक सहायता प्रदान गरिएको छ ।
युनाईटेड मिशन टु नेपालको सहयोगमा  धादिङ जिल्लाको राजमार्ग क्षेत्रका १२ वटा गाविसमा मानवबेचविखन बिरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आईरहेको चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाज (सिर्डस)ले कार्यक्रम लागु भएका क्षेत्रका ५० जना महिलालाई आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालनका लािग सहयोग पु¥याउने उद्धेश्यले प्रतिव्यक्ति ५५ सय का दरले २ लाख ७५ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
    मानवबेचविखन बिरुद्ध सामाजिक जागरण अभियान सञ्चालनका लागि गाउं गाउंमा गठन गरिएका महिला समुहवाट छनौट भई आएका महिलालाई उनिहरुकै मागको आधारमा बिउ पूंजि रकम घुम्ती कोष परिचालन हुने गरि बितरण गरिएको संस्थाका अध्यक्ष उर्मिला रेग्मीले बताईन ।
    शुक्रवार महादेवबेसीमा आयोजित एक कार्यक्रममा यस अघि मागको आधारमा बिउ पूंजि रकम घुम्ती कोष अन्र्तगत रकम लिई आयआर्जन कार्यक्रम गर्ने महिलाहरुले व्यवसायवाट गरेको प्रगतिका बारेमा अनुभव आदान प्रदान गरेका थिए । बिउ पूंजि हस्तान्तरण कार्यक्रममा युनाईटेड मिशन टु नेपालका बरिष्ठ कार्यक्रम अधिकृत श्याम ओझा र कृष्ण मल्ल सिर्डसका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती लगायतको उपस्थिती रहेको थियो । बिउ पूजि अन्र्तगत प्राप्त गरेको रकम निश्चित अवधि पछि समुहलाई फिर्ता गर्नुपर्ने कार्यक्रममा वताईएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc