Friday, May 25, 2012

ट्रयाक्टर पल्टिदां ३ जनाको ज्यान गयो


केशव अधिकारी
धादिङ, १२ जेठ/ पृथ्वीराजमार्गमा पर्ने धादिङ जिल्लाको जोगिमारा गाविसको वडा नम्बर ९ मझिमटार नजिकै ट्रयाक्टर पल्टिदां ३ जनाको ज्यान गएको छ ।
दुई जना घाइते भएका छन । मझिमटारवाट जोगिमारा तर्फ जांदै गरेको ना ३ त ८२०६ नम्बरको ट्रयाक्टर सडक छेउमा पल्टिंदा ट्रयाक्टरमा रहेका पांच जना मध्ये ३ जनाको ज्यान गएको हो ।
    शुक्रवार बेलुकी ५ वजे तिर भएको दुर्घटनामा परि ज्यान जाने हरुमा  जोगिमारा गाविस वडा नम्बर ९ का ३५ बर्षिया दिलमाया चेपाङ, २५ बर्षिया प्रमिला चेपाङ र ९ महिनाका एक वालक रहेका छन । यसै गरि दुर्घटनामा परि १० बर्षिय सन्तोष चेपाङ र ट्रयाक्टर चालक २६ बर्षिय सुव्वा चेपाङ घाइते भएका छन । घाइतेहरुको गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराईएकोमा सन्तोषको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि काठमाण्डौ पठाईएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc