Friday, May 25, 2012

अव सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नियमित


सल्यानटार/धादिङ सल्यानटारका स्थानिय बासिन्दाले अब गाउमै स्वास्थ्य सेवा पाउने भएका छन् । सामान्य रुघाखोकि लाग्दा समेत उपचारका लागि सदरमुकाम आउन बाध्य सल्यानटारबासी बाध्य हुंदै आईरहेका थिए ।
डाक्टरको दरवन्दि भएर पनि लामो समयदेखि  गाउंको  प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर अनुपस्थित रहंदै आएपछि सल्यानटारवासी आधारभुत स्वास्थ्य सेवा पाउन वाट बञ्चित हुंदै आएका थिए । 
    सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा नयाँ डाक्टरले सेवा दिन थालेपछि सल्यानटारबासी केहि खुसी देखिएका छन । केही वर्षअघिदेखी डाक्टरको अभावमा बन्द रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा विभागले हालै डाक्टर पठाएपछि स्थानीयबासी खुसी भएका हुन् । विभागले २ वर्षको लागि डाक्टर मिलन सिल्वाललाई स्वास्थ्य केन्द्रमा पठाएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc