Saturday, June 30, 2012

जलदेवी प्राथमिक बिद्यालयमा पुस्तकालय



धादिङ, १६ असार/ रुम टु रिड नेपालको सहयोगमा धादिङ जिल्लाका गांमीण भेगका बिद्यालयहरुमा पुस्तकालय स्थापना हुनेक्रम बढ्दै गएको छ । यसै क्रममा जिल्लाको सलाङ गाविस वडा नं ८ मा रहेको जलदेवी प्राथमिक बिद्यालयमा स्थापना गरिएको पुस्तकालय शुक्रवार एक कार्यक्रमका बिच  उद्घाटन गरिएको छ ।

    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज पुरीको अध्यक्षतामा आयोजित एक कार्यक्रममा  जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी एवं सिद्देश्वर उच्च मा.वि सा्रेत केन्द नलाङका स्रोत व्यक्ति ईश्वर कुमार श्रेष्ठले पुस्तकालयको  उद्घाटन गरेका हुन ।  कार्यक्रममा प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्याल पुस्तकालय सहजकर्ता रामामाया बिसुन्के,रुम टु रिड नेपालका हरिराम भण्डारी लगायतले बिद्यालयमा पुस्तकालयको महत्वका,प्रयोग र दिगोपनाको बारेमा मतव्य राख्नु भएको थियो ।
    बिद्यालयमा पुस्तकालय स्थापना पछि गुणस्तरीय शिक्षा प्रदानमा सहयोग पुग्ने प्रधानाध्यपक पद्मराज सिलवालले बताउनु भयो । पुस्तकालय उद्य्घाटन कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    पुस्तकालयको लागि रुम टु रिडको साझेदारीमा संचालित बिद्यालय पुस्तकालय कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङले ६० हजार बराबरको फर्निचर तथा ५० हजार बराबरको एक हजार ५० भन्दा बढी पुस्तक तथा शैक्षिक सामाग्री सहयोग गरेको प्रयास नेपालले जनाएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc