धादिङ /जिल्लाको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने चेपाङबस्ती ब्रुसबाङमा गएको ६ महिना देखि अन्न सकिएर सिङ्गो बस्ति सिस्नुको मुण्टा खाएर धानिएको छ । हरेक बर्ष मंसिर देखी असोज सम्म अन्नको अभाव हुने बु्रसबाङमा २५ घर चेपाङ समुदायको मात्र वसोवास छ । जहां २ सय ५० जना भन्दा वढीको जनसंख्या रहेको छ ।
पृथ्वीराजमार्गको मलेखुबाट १२ घण्टाको पैदलयात्रा पछि पगिने ब्रुसबाङ देशभित्रकै एउटा यस्तो बस्ति हो जहांका नागरिक नेपाली हुन ,नेपाली नागरिक भएपनि यहांका वासिन्दाले बर्षौदेखि राज्यको कुनै सुविधा पाएका छ्रैनन । राज्यवाट पाउनुपर्ने आधारभुत सेवा सुविधा शिक्षा,स्वास्थ्य,खानेपानी त पाएका छैनन नै यो संगै हरेक बर्षको ९ महिना यो बस्तिका सबै घरमा अनिकाल हुने गर्दछ । यो बर्ष पनि गाउंमा अन्न सकिएको ६ महिना बितिसकेको स्थानीय टेकबहादुर चेपाङ बताउंछन ।
माघ महिनामा छरेको मकै भदौमा मात्रै पाक्ने भएकाले यहांका चेपाङ समुदायलाई ३ महिना अन्नको अभाव टरेपनि बांकी समय खाद्यान्नअभावमा बित्ने गरेको स्थानीय वासी बताउंछन । विकटको बस्ति भएका कारण एक वाली मात्र लाग्ने र त्यहि बाली पनि राम्रो संग उत्पादन नहुने भएकाले आंफुहरु संधैभरि खानेकुराको अभावमा पर्ने गरेको ब्रुसवाङका पुर्व जनप्रतिनिधि समेत रहेका टेकबहादुर चेपाङले बताए ।
हरेक बर्ष झै यो बर्ष पनि ६ महिनादेखि सिस्नुको मुन्टा,बेथेको साग,टांँकीको मुन्टा अनि जंगलवाट खोजेर ल्याएको गिठ्ठा,भ्याकुर,जंगली च्याउले प्राण धानीरहेका छन ब्रुसबाङका २५ घर चेपाङ समुदायले । खाद्य अभाव बढ्दै गएपछि ज्यालामजदुरी गर्न सक्नेले गाउंवाट वाहिर गएर दुईचार पैसा कमाएर मकै,कोदो बेसाएपनि घरवाहिर जान नसक्नेहरुको लागि सिस्नुको मुन्टा,बेथेको साग,टांँकीको मुन्टा अनि जंगलवाट खोजेर ल्याएको गिठ्ठा,भ्याकुर र जंगलीच्याउनै जिवनधान्ने आधार हुने गरेको उनिहरुको भनाई छ ।
जंगली च्याउ खाएर छिमेकी जिल्ला चितवनमा आफ्नै जातीका मान्छेहरु मरेको खवर थाहा पाएर पनि जंगली च्याउ खान वाध्यछन ब्रुसवाङवासी । हरेक रात पछिको बिहान ब्रुसवाङवासीका लागि चुनौती र अभाव बनेर आउने गरेको छ । रात जसोतसो काटेपनि बिहान भएपछि उनिहरु घर नजिकैको पखेरातिर सिस्नुको मुण्टा चिम्टाले टिप्दै गरेको या बेथेको साग खोज्दै गरेको अवस्थामा भेटिने गर्दछन ।
केहि बर्ष अघि सम्म गाउं नजिकैको जंगलमा जंगली कन्दमुल, गिठ्ठा, भ्याकुर,भार्लाङ,बनतरुल प्रशस्त भेटिएपनि बढ्दै गएको बन बिनाशले ति कन्दमुल पनि पाईन छाडेको चेपाङ हरु बताउछन ।



No comments:
Post a Comment